अपराध
काठमाडौँको एक होटलबाट ५ जना पक्राउ
आइतबार, २२ असार २०८२, २० : २६
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ३० ज्ञानेश्वरबाट प्रहरीले लागुऔषध कोकिन सहित ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका घर भएका २९ वर्षीय दिनेश चालिसे, नवलपरासी घर भएका ३७ वर्षीय सतेन्द्र बहादुर भट्ट र सिन्धुपाल्चोक घर भएर बौद्ध बस्ने २४ वर्षीया आयुषा श्रेष्ठ छिन् । त्यस्तै सप्तरी घर भएका ३२ वर्षीय प्रकाश यादव र ललितपुरका ३३ वर्षीय सुब्रत अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूको साथबाट ६५ दशमलव ९३ ग्राम कोकिन जस्तो देखिन पदार्थ बरामद गरिएको एसपी बोहराले जानकारी दिए । आरोपीहरू विरुद्ध १० दिनको म्याद लिएर प्रहरी वृत्त मालिगाउँले अनुसन्धान गरिरहेको छ ।
ज्ञानेश्वरमा रहेको भगवती इन होटलको तेस्रो तलाबाट आइतबार आरोपीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात सेवालाई व्यवस्थित बनाउन अनिवार्य परिचयपत्र र पोसाक
-
२० वर्षपछि प्यालेस्टिनी विधायिका निर्वाचन नोभेम्बर २८ मा हुने
-
देउवा समूहले बोलायो पूर्वपदाधिकारी बैठक
-
करार सेवामा वैधानिक प्रक्रियाबाट मात्रै कर्मचारी राख्न सञ्चारमन्त्रीको निर्देशन
-
प्रतिनिधिसभामा चार विधेयक टेबुल
-
पूर्वी चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण