अपडेट
चीनतर्फ भारी वर्षासँगै भोटेकोशीमा बाढी, व्यापक क्षति
मङ्गलबार, २४ असार २०८२, ०६ : ५८
सारांश
- चीनमा भारी वर्षापछि भोटेकोशीमा आएको बाढीले रसुवाको टिमुरे क्षेत्रमा क्षति पुर्याएको छ।
- बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगायो, भन्सारमा तयारी अवस्थामा रहेका गाडीहरु पनि बगायो।
- बाढीले भन्सार यार्डमा क्षति पुर्यायो र मानिसहरू बेपत्ता भएको आशंका गरिएको छ, स्थलमार्ग अवरुद्ध छ।
काठमाडौँ । चीनतर्फ भारी वर्षा भएसँगै भोटेकोशी नदीमा एक्कासि ठुलो बाढी आउँदा रसुवाको टिमुरे क्षेत्रमा ठुलो क्षति भएको छ ।
लेदोसहितको ठुलो बाढीले नेपाल चीन जोड्ने मितेरी पुल बगाउनुका साथै भन्सार पासका लागि तयारी अवस्थामा रहेका गाडीहरू बगाएको स्थानीय प्रशासनले बताएको छ ।
नदी किनारमा रहेको भन्सारको यार्ड (ड्राइपोट)मा बाढीले व्यापक क्षति गरेको छ । त्यहाँ रहेका करिब १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए ।
यस्तै कतिपय मानिसहरु समेत बगाएको आशंका गरिएपनि अहिलेसम्म आधिकारिक पुष्टि भने हुन बाँकी रहेको उनको भनाइ छ ।
बाढीसँगै पुल बगाएसँगै नेपाल–चीन स्थलमार्ग अवरुद्ध बनेको छ भने कैयन व्यापारीहरू समेत विपद्मा फसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण