प्रमुख दुई दलका शीर्ष नेताबिच बालुवाटारमा छलफल
सारांश
- आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार दलका नेताहरूको बैठक बालुवाटारमा सम्पन्न भयो।
- बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्काको उपस्थिति थियो।
- नेकपा एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णुप्रसाद रिमाल पनि बैठकमा सहभागी थिए।
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरूबिच आज छलफल भएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा जारी बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेकपा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णुप्रसाद रिमाल सहभागी छन् ।
रसुवामा गएराति आएको बाढी र राहत तथा पुनस्थापनाबारे पनि बैठकमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओलीले स्पेन भ्रमणको विषयमा कांग्रेसका नेताहरूलाई जानकारी गराउने बुझिएको छ ।
सोमबार सकिएको कांग्रेसको केन्द्रीय समिति बैठकले वर्तमान गठबन्धन पुरा समयसम्म रहनेगरी सरकारको काम कारबाही थप प्रभावकारी बनाउन ९ बुँदे ध्यानाकर्षण गराउने निर्णय गरेको थियो ।
यस्तै संघीय निजामती सेवा विधेयकमा व्यवस्था भएको कुलिङ अफ पिरियड हेरफेर प्रकरणमा छानबिन समिति गठन, भिजिट भिसा प्रकरण लगायत विषयमा छलफल हुन सक्ने नेताहरूले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण