रेमिट्यान्स आप्रवाहमा अर्को रेकर्ड, एकै महिना १७६ अर्ब भित्रियो
सारांश
- जेठ महिनामा १ खर्ब ७६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएर नयाँ रेकर्ड कायम भएको छ।
- चालु आर्थिक वर्षको ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १५.५ प्रतिशत बढी हो।
- अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ।
काठमाडौं । रेमिट्यान्स आप्रवाहमा नयाँ रेकर्ड कायम भएको छ । जेठको एकै महिना १ खर्ब ७६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएर एकै महिना अहिलेसम्मकै धेरै रेमिट्यान्स भित्रिएको रेकर्ड कायम भएको हो । यसअघि बैशाख महिनामा १ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रिएको थियो ।
योसँगै चालु आर्थिक वर्षको ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १५.५ प्रतिशत बढी हो । गत वर्ष जेठमा भने १ खर्ब २८ अर्ब ९१ करोड रुपैयाँ रेमिट्यान्स आएको । नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो । यो अवधिमा खुद ट्रान्सफर १६ खर्ब ६८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४ खर्ब ४३ अर्ब १० करोड रहेको थियो ।
यो अवधिमा ४ लाख ५२ हजार ३२४ ले श्रम स्वीकृति र ३ लाख ८ हजार ६७ जनाले विदेश जान पुनः श्रम स्वीकृति लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण