बाढी
पाँच महिनामै बनेको थियो मितेरी पुल, ६ वर्षपछि बाढीले बगायो
मङ्गलबार, २४ असार २०८२, १४ : १९
सारांश
- रसुवास्थित मितेरी पुल बाढीले बगायो, जसले नेपाललाई चीनसँग जोड्ने गर्दथ्यो।
- बाढीका कारण नेपालतर्फ ठुलो जनधनको क्षति भएको छ, तर यकिन विवरण आइसकेको छैन।
- ६ वर्षअघि चीनको सहयोगमा बनेको पुल भत्किएपछि नेपाल-चीनबीचको सम्पर्क टुटेको छ।
काठमाडौँ । नेपाललाई चीनसँग जोड्ने रसुवास्थित नाकामा रहेको ‘मितेरी पुल’ बाढीले बगाएको छ ।
तिब्बत क्षेत्रबाट अचानक आएको बाढीका कारण पुल बग्नुका साथै नेपालतर्फ ठुलो जनधनको क्षति भएको छ । यसको यकिन विवरण भने आइसकेको अवस्था छैन ।
अहिले बगाइएको पुल ६ वर्षअघि अर्थात् २०७६ जेठमा सञ्चालनमा आएको थियो । चिनियाँ सहयोगमा बनेको उक्त पुल बनाउन चिनियाँ ठेकेदार कम्पनीले जम्मा पाँच महिना लगाएको थियो ।
तिब्बती इन्जिनियरिङ कम्पनी लिमिटेड तान सुन रोड एन्ड ब्रिज पाएको छ महिनामध्ये समय दिइएकोमा त्यसअघि नै पुल निर्माण भएको थियो । पुलको लम्बाई ११० मिटर र चौडाइ ९ मिटर रहेको थियो।
पुल भत्किएसँगै नेपाल–चीनबिचको प्रमुख सम्पर्क केन्द्र टुटेको छ । यो पुल अब कसले र कसको लागतमा बन्ने भन्ने अन्योल देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण