प्राधिकरणमा शाक्यका सय दिन : के–के गरे काम ?
सारांश
- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पद बहालीको सय दिनमा गरिएका कामको प्रगति विवरण सार्वजनिक गरेका छन्।
- उनले ऊर्जा सुरक्षा, विश्वसनीय विद्युत्, वित्तीय व्यवस्थापन, र मानव स्रोत व्यवस्थापनलाई प्राथमिकता दिँदै विभिन्न आयोजनाहरू अघि बढाएका छन्।
- प्राधिकरणले गरिब तथा विपन्न परिवारलाई ९ सय थान मिटर निःशुल्क वितरण गरेको र डेडिकेटेड तथा ट्रंक लाइनको समस्या समाधानको प्रयास भइरहेको छ।
काठमाडौँ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पद बहाली गरेको सय दिनमा गरिएकाे कामको प्रगति विवरण सार्वजनिक गरेका छन् ।
मंगलबार प्राधिकरणकै कार्यालयमा पत्रकार सम्मेलन गरी बहाली गरेको सय दिनमा गरेका कामको विवरण सार्वजनिक गरेका हुन्। कार्यकारी निर्देशक शाक्यले पद बहालीपछि नेपाल विद्युत् प्राधिकरणको वर्तमान अवस्था र भविष्यको मार्ग चित्र देखाउने गरी श्वेतपत्र पत्र जारी गरेका थिए ।
श्वेतपत्रमा मुख्य गरेर ऊर्जा सुरक्षा, विश्वसनीय विद्युत्, नवीनतम उपायहरूबाट वित्तीय व्यवस्थापन, विश्वसनीय र पारदर्शी तथ्याङ्क, मानव स्रोत व्यवस्थापनलाई प्राथमिकता दिएको बताए ।
उनले ऊर्जा सुरक्षा र विश्वसनीय ऊर्जाको लागि केही कार्यहरू अघि बढाएको जानकारी दिए । ‘कुलेखानी सिस्नेरी १०० मेवा पम्प स्टोरेज आयोजनाको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न गरी सम्भाव्यताका लागि लाइसेन्स आवेदन गरिएको छ,’ उनले भने, ‘हुलिङटार दुम्किम ४९४ मेवा पम्प स्टोरेज आयोजनाको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न गरी सम्भाव्यता अध्ययनका लागि लाइसेन्स आवेदन गरिएको छ ।’
उनले सय दिनमा ब्याट्री ऊर्जा भण्डारण प्रणालीको अध्ययन तथा निर्माण सहयोगका लागि पहल सुरु गरिएको, उत्तरगंगा तथा अपर अरुणको लाइसेन्स प्रक्रिया अघि बढाएको जानकारी पनि दिए ।
उनले औद्योगिक क्षेत्रमा विद्युत् खपत वृद्धि र विश्वासको वातावरण निर्माणको प्रयास थालनी गरेको पनि उल्लेख गरे ।‘उच्चतम विद्युत् खपत र नियमित महसुल भुक्तानीका आधारमा केन्द्रीय स्तरमा १० सर्वाधिक महत्त्वपूर्ण उपभोक्ता र प्रादेशिक स्तरमा प्रत्येक प्रदेशका १० अत्यन्त महत्त्वपूर्ण उपभोक्ताको नामावली सार्वजनिक गरी कोशी तथा मधेस प्रदेशका त्यस्ता ग्राहकहरूलाई सम्मान गरिएको छ,’ उनले भने।
डेडिकेटेड र ट्रंक लाइनको समस्या समाधानको प्रयास
‘डेडिकेटेड र ट्रंक लाइन विद्युत् महसुल सम्बन्धी विवाद लामो समयको अन्योल पछि समाधानको बाटोमा छ,’ उनले भने, ‘त्यसका लागि सञ्चालक समितिबाट पुनरावलोकनको म्याद सहित पुनरावलोकन धरौटी रकममा संशोधन, पुनरावलोकन समितिको अध्यक्ष नियुक्ति लगायतको नीतिगत निर्णय गरिएको र सोही अनुसार सार्वजनिक सूचना जारी गरिएको छ ।’
जस अनुसार पुनरावलोकनको लागि ४६ निवेदन प्राप्त भएको र हाल पुनरावलोकन कमिटीले पुनरावलोकन सम्बन्धी कार्य गरिरहेको पनि जानकारी दिनुभयो । ‘निश्चित अवधि भित्र यो मुद्दा समाधान हुने देखिन्छ,’ उनले भने
‘पेमेन्ट गेटवे’ परीक्षण अन्तिम चरणमा
‘देशैभरि कार्यालय रहेका ठुला कर्पोरेट ग्राहकहरूको प्रत्येक इकाइ ग्राहकहरूको महसुल भुक्तानी केन्द्रीकृत रूपमा एकै स्थानबाट गर्न सकिने गरी छुट्टै ‘पेमेन्ट गेटवे’ निर्माण गरिएको र हाल परीक्षणको अन्तिम चरणमा रहेको छ,’ शाक्यले भने ।
गरिब तथा विपन्न परिवारको पहुँचमा पुग्दै प्राधिकरण: ९ सय थान मिटर निःशुल्क वितरण
नेपाल विद्युत् प्राधिकरणले गरिब तथा विपन्न परिवारलाई ९ सय थान मिटर निःशुल्क वितरण गरेको जानकारी पनि शाक्यले दिए ।शाक्यले प्राधिकरणको नेतृत्व सम्हालेपछि ४३ एमभीए क्षमता बराबरका चार वटा ३३/११ केभी सबस्टेशनको निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् ।
जसमध्ये प्रदेश दुईको भगवानपुर ८ एमभिए, विरेन्द्रबजारमा १६ एमभिए, र बर्दिबासमा १६ एमभिए रहेका छन् । सुदूरपश्चिमको जाेगबुढामा ३ एमभिए गरी जम्मा ४३ रहेको उनले जानकारी दिए ।
उनले १२ विभिन्न सामुदायिक संस्थाका करिब ७ हजार ३ सय १५ ग्राहकहरूलाई प्राधिकरणको ग्राहकमा रूपान्तरण गरी भरपर्दो र गुणस्तरीय सेवा प्रदान गरेको पनि उनले जानकारी दिए ।
‘वितरण प्रणालीमा देखिएका समस्याहरूको सम्बन्धमा ग्राहकहरूबाट समयमानै जानकारी प्राप्त गरी देखिएको समस्या ग्राहले प्रणालीमा अपलोड गरी सम्बन्धित वितरण केन्द्रसम्म पुर्याउन सक्ने गरी एप तयार गरेको र त्यो कार्यान्वयनको चरणमा रहेको पनि जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण