‘एक्टिङ स्टार’ अब निर्णायक मोडमा, विजेतालाई नगद २० लाख र चलचित्रमा अभिनय गर्ने अवसर
सारांश
- एक्टिङ स्टार शोले विजेतालाई २० लाख र फिल्ममा अवसर दिने घोषणा गरेको छ।
- फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले ५ लाख जित्नेछन्।
- अडिसनमा हजारौं सहभागीमध्येबाट उत्कृष्ट २० फाइनलमा पुगेका छन्।
काठमाडौँ। रियालिटी शो ‘एक्टिङ स्टार’ ले विजेता तथा उपविजेताहरुलाई प्रदान गरिने पुरस्कारको घोषणा गरेको छ। ३५ लाख नगदसहित फिल्म क्षेत्रमा काम गर्ने अवसर यस प्रतियोगिताको मुख्य आकर्षण बनेको हो।
शोको विजेताले नगद २० लाख रुपैयाँ र नेपाली चलचित्रमा अभिनय गर्ने अवसर प्राप्त गर्नेछन्। त्यस्तै, फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले ५ लाख नगद पुरस्कार जित्नेछन्।
नेपालका हिमाली, पहाडी, तराई क्षेत्रहरूदेखि भारतका सिक्किम, दार्जिलिङ, पश्चिम बंगाल, मुम्बई र दुबईसम्मबाट हजार भन्दा बढि प्रतिस्पर्धी अडिसनमा सहभागी भएका थिए। तीमध्ये उत्कृष्ट प्रदर्शनमार्फत छनौट हुँदै हाल २० जना प्रतिस्पर्धी फाइनल चरणमा पुगेका छन्।
जजहरु नीर शाह, अनुप बराल र ऋचा शर्माको निर्णयबाट टप २० चयन गरिएको हो भने अब उत्कृष्ट १५ को छनौट दर्शकको भोटिङमार्फत हुनेछ। नेपालभित्र भोट गर्न चाहने दर्शकले ओएसआर कनेक्ट एप डाउनलोड गरी एक्टिङ स्टार मा क्लिक गरेर मनपर्ने प्रतिस्पर्धीलाई भोट गर्न सक्छन्। नेपालबाहिर रहेका दर्शकका लागि भने सिनेमाघर एप मार्फत भोटिङ प्रक्रिया उपलब्ध छ।
शोको आयोजना महक मिडिया नेटवर्क ले गरेको हो। अब पहिलो ‘एक्टिङ स्टार’ को उपाधि कसले जित्छ भन्ने कुरा दर्शकको हातमा छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण