यातायात र जनजीवन सहज बनाउने तर्फ लाग्न मन्त्री दाहालको निर्देशन
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बाढीले क्षतिग्रस्त बनाएका सडक, पुल लगायतका संरचनाहरूको पुन निर्माणको प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।
क्षति भएका स्थानमा तत्काल अध्ययन गरी अल्पकालीन र दीर्घकालीन योजना तयार गर्न सडक विभागलाई निर्देशन दिएका हुन् । भोटेकोशी नदीले पुर्याएको क्षतिको अध्ययन गरी यातायात सहज बनाउने तर्फ लाग्न समेत उनले निर्देशन दिए ।
अझै मनसुन जारी रहने तर्फ ध्यान दिँदै संरचनाहरूको सुरक्षा र क्षति भएका संरचनाको अस्थायी र स्थायी पुन निर्माणको योजना बनाउन उनले निर्देशन दिए ।
नेपाल–चीन जोड्ने सडक तथा मितेरी पुलमा भएको क्षतिको अध्ययन गरी जनजीवन र यातायात सहज बनाउने तर्फ जनशक्ति र श्रोत–साधन परिचालन गर्न उनले निर्देशन दिए ।
बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपका कारण थप हुन सक्ने क्षतिलाई मध्यनजर गरेर वर्षा याम भरि सुरक्षित यातायात र सडक सञ्चालनको व्यवस्थाका लागि सम्बद्ध निकायहरुसँग समन्वय थप बलियो बनाउन मन्त्री दाहालले भन्नु भएको छ ।
सो सडक बाहेक अन्य सडकहरू तर्फ समेत ध्यान दिई सके सम्म यातायात अवरुद्ध हुन नदिने गरी जनशक्ति, औजार, उपकरण तथा जनशक्ति परिचालन गर्नसमेत उनले निर्देशन दिए ।
सडक विभागका महानिर्देशक डा. बिजयकुमार जैसीका अनुसार रसुवागढी क्षेत्रमा बाढीले पुर्याएको क्षतिको अध्ययन र गर्नु पर्ने कार्यका लागि विभागको टोली परिचालन भइसकेको छ ।
गल्छी–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजनाबाट क्षति ग्रस्त क्षेत्रमा प्राविधिक जनशक्ति परिचालन भएको हो ।बाढी र वर्षाको अवस्था हेरि सडक विभागको जनशक्तिले तत्काल गर्नु पर्ने सुरु गर्दै छ भने अल्पकालीन र दीर्घकालीन रूपमा गर्नु पर्ने कार्यका लागि योजना समेत बनाउने छ ।
सो क्षेत्रमा गर्नु पर्ने संरक्षण मर्मत र पुन निर्माणका लागि विभागको टोलीले अन्य निकायहरूसँग समेत समन्वय गरी रहेको सडक विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण