मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

ओमोडा एन्ड जेइकोको ‘मनसुन चेक-अप क्याम्प’ सञ्चालनमा

बुधबार, २५ असार २०८२, १० : ३६
बुधबार, २५ असार २०८२

काठमाडौँ । नेपालका लागि ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्सले देशभर ‘मनसुन चेक-अप क्याम्प’ सार्वजनिक गरेको छ। बुधबारदेखि असार २७ गतेसम्म सञ्चालन हुने यो विशेष सर्भिसिङ अभियानले गाडीलाई मनसुनका चुनौतीहरूका लागि तयार पार्न मद्दत गर्ने कम्पनीको भनाइ छ ।

मनसुनमा गाडीको सुरक्षा र कार्यक्षमता सुनिश्चित गर्न लक्षित यो अभियानअन्तर्गत ग्राहकहरूले विभिन्न विशेष छुट र निःशुल्क सेवाहरू पाउनेछन्।

‘मनसुन चेक-अप क्याम्प’ देशभर १२ आधिकारिक सेवा केन्द्रहरूमा एकैपटक सञ्चालन हुने जनाइएको छ । जसअनुसार काठमाडौं उपत्यकामा सीतापाइला (SPG अटोमोबाइल्स), भक्तपुर (परिवार कार क्लिनिक) तथा अन्य शहरहरूमा वीरगञ्ज (दर्शी अटोमोबाइल्स), बुटवल (सिद्धि विनायक मोटर्स), चितवन (युनाइटेड अटो कन्सर्न), नेपालगञ्ज (देवमंगल इन्जिनियरिङ), धनगढी (नवदुर्गा टेक्नोलोजी), पोखरा (एलिट मोटर्स), इटहरी (पाथीभरा अटो), विर्तामोड (ओपि इन्टरनेसनल), दाङ (एनएल मोटो कर्प), सुर्खेत (बुटवल भेराइटी) हुनेछ । 

आकर्षक अफरहरू:

  • सर्भिसिङ जब तथा ब्रेक प्याड परिवर्तनमा १००% लेबर छुट
  • १००% छुटमा टप वास सेवा
  • सस्पेन्सन पार्ट्स रिप्लेसमेन्टमा ५०% लेबर छुट
  • बडी सप जबमा १०% छुट
  • स्पेयर पार्ट्समा पनि १०% छुट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप