'मैझारो'मा धिरजको जोडी मिरुना
सारांश
- विल्सन विक्रम राईको निर्देशनमा बन्ने फिल्म 'मैझारो' मा धिरज मगर र मिरुना मगरले अभिनय गर्ने भएका छन्।
- फिल्ममा मिरुना मुख्य भूमिकामा रहनेछन्, र फिल्मको छायांकन साउनको पहिलो हप्ताबाट सुरु हुनेछ।
- 'मैझारो' इलाम र पाँचथरका रमणीय स्थानहरूमा खिचिनेछ, जुन पूर्वी पहाडको जीवनशैलीमा आधारित हुनेछ।
काठमाडौँ । हास्य कलाकार विल्सन विक्रम राई ‘तक्मेबुढा’को निर्देशनमा बन्ने फिल्म ‘मैझारो’मा अभिनेता धिरज मगर र अभिनेत्री मिरुना मगरले जोडी बाँध्ने भएका छन् ।
फिल्मको मुख्य भूमिकामा मिरुना फाइनल गर्दै निर्माण युनिटले दुवैको जोडी निश्चित गरेको हो । फिल्ममा केही अघि धिरज अनुबन्धित भएका थिए ।
फिल्मको अन्य कलाकार छिट्टै सार्वजनिक गर्ने निर्माण युनिटले जनाएको छ । तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मलाई तक्मेबुढाले नै लेखेका हुन् ।
फिल्ममा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहनेछ । सौरभ लामाको छायाङ्कन रहने फिल्म साउनको पहिलो हप्ताबाट छायाङ्कन जाने तयारी गर्दै छ ।
फिल्मलाई इलाम र पाँचथरका रमणीय स्थानहरूमा खिचिने छ । सामाजिक कथावस्तुमा आधारित ‘मैझारो’ पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थका निर्माण हुने निर्देशक तक्मेबुढाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण