पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु
बुधबार, २५ असार २०८२, १४ : ०७
सारांश
- भारतको गुजरातमा पुल भाँचिँदा गाडीसहित नदीमा खसेर ९ जनाको मृत्यु भएको छ।
- वडोदरा जिल्लाको महिसागर नदीमा बनेको पुरानो पुल भाँचिँदा केही सवारी साधन नदीमा खसेका थिए।
- राज्य सरकारले घटनाको जाँच गर्न आदेश दिएको छ र पुल चार दशक पुरानो बताइएको छ।
नयाँ दिल्ली । भारतको गुजरातमा बुधबार बिहान पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु भएको छ ।
गुजरातको वडोदरा जिल्लाको महिसागर नदीमा बनेको एउटा पुरानो पुल अचानक भाँचिएको हो । चलनचल्तीमा रहेको सो पुलको एउटा खण्ड भाँचिँदा केही सवारी साधन नदीमा खसेका थिए ।
वडोदराका जिल्ला अधिकारी अनिल धामेलियाका अनुसार उद्धारकर्ताले नदीबाट ९ जनाको शव फेला पारेका छन् । अन्य ६ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।
धामेलियाका अनुसार पुल भाँचिएपछि दुई वटा ट्रक, एउटा पिकअप भ्यान, एउटा इको कार र एउटा अटोरिक्सा नदीमा खसेका थिए ।
गुजरात सरकारका प्रवक्ता ऋषिकेश पटेलका अनुसार राज्य सरकारले उक्त घटनाको जाँच गर्न आदेश दिएको छ । उक्त पुल चार दशकभन्दा पुरानो रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण