भारतको गुजरातमा अचानक भाँचियो पुल, सवारी साधनहरू नदीमा खसे
बुधबार, २५ असार २०८२, १० : २४
सारांश
- भारतको गुजरातमा बुधबार एउटा पुल भाँचिदा केही सवारी साधन नदीमा खसेका छन्।
- वडोदरा र आणन्द जोड्ने पुलको एउटा हिस्सा भाँचिएको हो र कांग्रेस नेताले उद्धारको लागि अपिल गरेका छन्।
- ४५ वर्ष पुरानो पुल दुर्घटनामा दुई जनाको शव फेला परेको छ र उद्धार कार्य जारी छ।
नयाँ दिल्ली । भारतको गुजरातमा एउटा पुल बुधबार बिहान अचानक भाँचिएको छ । उक्त दुर्घटनामा केही सवारी साधन नदीमा खसेका छन् ।
वडोदरा र आणन्दलाई आपसमा जोड्ने पुलको बिचको एउटा हिस्सा भाँचिएको हो । गम्भीरा नाम गरिएको सो पुल भाँचिएलगत्तै कांग्रेस आईका नेता तथा विधानसभामा विपक्षी नेता अमित चावडाले सामाजिक सञ्जालमार्फत उद्धारका लागि सरकारलाई अपिल गरेका छन् । उनले यातायातका लागि वैकल्पिक व्यवस्था गर्न पनि सुझाव दिएका छन् ।
महिसागर नदीमाथि बनेको यो पुल ४५ वर्ष पुरानो रहेको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार दुई मालवाहक ट्रक, एउटा बोलेरो जीप सहित केही सवारी साधन नदीमा खसेका छन् ।
उद्धारकर्मीले दुई वटा शव फेला पारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उद्धार कार्य जारी रहेको र बेपत्ता यात्रीको खोजी भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण