दुई जनाको हत्याका अभियुक्त २२ वर्षपछि पक्राउ
सिन्धुली । सिन्धुलीमा २२ वर्षअघि दुई जनाको हत्या गरी फरार रहेका अभियुक्त पक्राउ परेका छन् । दुई जनाको विभत्स हत्या गरेर फरार रहेका अभियुक्त केदार सिंह थापालाई प्रहरीले पक्राउ गरेको हो ।
अभियुक्त थापालाई दाङको लमही नगरपालिका वडा नम्बर ९ स्थित जलकुण्डीबाट बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
अभियुक्त थापाले २०६० माघ ६ गते राति सिन्धुलीको तत्कालीन अरुण ठाकुर गाविस–८ (हाल दुधौली नगरपालिका–१३) मा रत्नबहादुर कार्की र उनकी श्रीमती दुर्गामाया कार्कीलाई आफ्नै घरमा धारिलो हतियार प्रयोग गरी विभत्स तरिकाले हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकार प्रहरी नायव उपरीक्षक सुर्य प्रकाश सुवेदीले जानकारी दिए ।
उनका अनुसार अभियुक्त थापाले धारिलो हतियारले शरीरको विभिन्न भागमा प्रहार गरिएको अवस्थामा कार्की दम्पतीको शव भेटिएको थियो ।
घटना योजनाबद्ध रूपमा भएको प्रारम्भिक अनुसन्धानले देखाएको पछि मृतकका छोराले उदयपुर मयङ्खु गाविस–६ (हाल कटारी नगरपालिका–१३) निवासी केदार सिंह थापालाई किटानी जाहेरी दिएका थिए ।
सो लगत्तै प्रहरीले थापाविरुद्ध अनुसन्धान सुरु गरिएको थियो। तर जाहेरी परेपछि थापा गाउँबाटै फरार भएका थिए ।लामो समयदेखि फरार रहँदै आएका अभियुक्त थापा दाङको जलकुण्डी क्षेत्रमा नाम र परिचय लुकाएर बस्दै आएका सुचारु अधिकारी सुबेदीले बताए ।
प्रहरीको निरन्तर प्रयासपछि उनी २०८२ असार २३ गते पक्राउ परेका थिए । थापालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, सिन्धुली ल्याइएको छ । असार २५ गते जिल्ला अदालत सिन्धुलीबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको सूचना अधिकारी सुबेदीले बताए ।
हाल ५७ वर्ष पुगेका थापा हत्या लगत्तै फरार भएका थिए र २२ वर्षसम्म लुकिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात सेवालाई व्यवस्थित बनाउन अनिवार्य परिचयपत्र र पोसाक
-
२० वर्षपछि प्यालेस्टिनी विधायिका निर्वाचन नोभेम्बर २८ मा हुने
-
देउवा समूहले बोलायो पूर्वपदाधिकारी बैठक
-
करार सेवामा वैधानिक प्रक्रियाबाट मात्रै कर्मचारी राख्न सञ्चारमन्त्रीको निर्देशन
-
प्रतिनिधिसभामा चार विधेयक टेबुल
-
पूर्वी चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण