विधान महाधिवेशनको तयारीमा एमाले : जनसङ्गठन पदाधिकारीको भेला आज
बिहीबार, २६ असार २०८२, ०७ : ०७
सारांश
- एमालेले भदौको अन्तिम साता हुने विधान महाधिवेशनको तयारीका लागि जनसङ्गठनको भेला बोलाएको छ।
- भेलामा २३ वटै जनसङ्गठनका इन्चार्ज र अध्यक्ष सहित पदाधिकारीहरू सहभागी हुनेछन्।
- भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनको तयारीका लागि विविध जिम्मेवारी दिइनेछ।
काठमाडौँ । नेकपा एमालेले आगामी भदौको अन्तिम साता हुने विधान महाधिवेशनको तयारीका लागि जनसङ्गठनको भेला बोलाएको छ ।
संयन्त्रका प्रमुख भानुभक्त ढकालका अनुसार अहिले बिहान साढे ७ बजे देखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा भेला बोलाइएको हो । भेलामा सबै २३ वटै जनसङ्गठनका इन्चार्ज र अध्यक्ष सहित सबै पदाधिकारीहरू सहभागी हुनेछन् ।
ढकालले जनाए अनुसार भदौको २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनको तयारीका लागि जनसङ्गठनको कामको प्रकृति अनुसार विविध जिम्मेवारी प्रदान गरिनेछ । भेलालाई महासचिव शङ्कर पोखरेलले विशेष निर्देशन गर्ने छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण