राहदानी विभागद्वारा पहिलो पटक ‘सिम्यान्स बुक’ जारी
सारांश
- राहदानी विभागले पहिलो पटक सिम्यान्स अभिलेख किताब जारी गरेको छ र इलामका अमित कुमार सिंहलाई हस्तान्तरण गरेको छ।
- यसअघि विदेशबाट लिनुपर्ने बाध्यता अन्त्य गर्दै, अब नेपालीहरूले नेपालबाटै सिम्यान्स बुक पाउने भएका छन्।
- यस कदमले पानीजहाजमा काम गर्ने नेपालीहरूलाई सहजता प्रदान गर्नेछ र रोजगारीका अवसरहरूमा पहुँच बढाउनेछ।
काठमाडौँ । राहदानी विभागले पहिलो पटक ‘सिम्यान्स अभिलेख किताब’ जारी गरेको छ। बुधबार विभागले इलामका अमित कुमार सिंहलाई उक्त किताब हस्तान्तरण गर्दै यसको सुरुवात गरेको हो।
यससँगै पानीजहाजमा काम गर्ने नेपालीहरूले विदेशबाट सिम्यान्स बुक लिनुपर्ने बाध्यता अन्त्य भएको छ। विभागका अनुसार, इलामको सूर्योदय नगरपालिका वडा नं. ४, श्रीअन्तु स्थायी घर भएका सिंह डेल्टा कोर्प सिप म्यानेजमेन्ट डीएमसीसीओ कम्पनीमा कार्यरत छन्। उनले विभागबाट नेपालको पहिलो सिम्यान्स अभिलेख किताब प्राप्त गरेका हुन्।
यसअघि नेपालमा यो किताब उपलब्ध नहुँदा पानीजहाजमा काम गर्ने नेपालीहरूले अन्य देशबाट लिनुपर्ने बाध्यता थियो। विभागको विज्ञप्तिअनुसार, यसरी लिइएका किताबलाई कतिपय मुलुकले मान्यता नदिने, पानीजहाज किनारामा रोकिँदा बाहिर निस्कन नपाउने र रोजगारी पाउनसमेत कठिनाइ हुने गरेको थियो। सेवाग्राही सिंहले पनि यस्तै समस्या भोग्नुपरेको बताए।
विभागका महानिर्देशक तीर्थराज अर्यालले सिंहलाई बधाई दिँदै नेपालबाटै सिम्यान्स अभिलेख किताब जारी हुँदा भविष्यमा नेपाली नागरिकलाई सहजता पुग्ने विश्वास व्यक्त गरे।
विभागले वि.सं. २०७८ देखि विद्युतीय राहदानी जारी गर्न थाले पनि सिम्यान्स अभिलेख किताब भने हालसम्म जारी गरेको थिएन। यो सुरुवातले समुद्री क्षेत्रमा काम गर्ने सयौँ नेपालीलाई ठुलो राहत मिल्ने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण