गुजरातमा पुल भत्किँदा मृत्यु हुनेको सङ्ख्या १५ पुग्यो, ४ जना अझै बेपत्ता
बिहीबार, २६ असार २०८२, १३ : ०५
सारांश
- बडोदरा र आनन्द जोड्ने पुल भत्किँदा १५ जनाको शव फेला परेको छ।
- दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ, र चार जना अझै बेपत्ता छन्।
- ४५ वर्ष पुरानो पुल भत्किँदा दक्षिण गुजरात र सौराष्ट्रबीचको यात्रा प्रभावित भएको छ।
गुजरात । गुजरातको बडोदरा र आनन्दलाई जोड्ने पुल बुधबार भत्किँदा महिसागर नदीबाट १५ जनाको शव निकालिएको छ। बुधबार नै १३ जनाको शव निकालिएकोमा बिहीबार बिहान थप २ जनाको शव फेला पारेको हो ।
दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। चार जना अझै बेपत्ता रहेको बताइएको छ। उनीहरूको खोजी जारी छ।
बुधबार बिहान महिसागर नदीमाथिको पुल भत्किँदा दुई ट्रक, दुई कार र एउटा रिक्सा नदीमा खसेका थिए। एउटा ट्याङ्कर भने पुल भाँचिएको छेउमा अड्किएको थियो।
यो ४५ वर्ष पुरानो पुलले दक्षिण गुजरातलाई सौराष्ट्रसँग जोड्थ्यो। यो पुल भत्किँदा भरुच, सुरत, नवसारी, तापी र वलसाडबाट सौराष्ट्र पुग्न अप्ठ्यारो भएको छ। अब यसका लागि अहमदाबाद हुँदै जानुपर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण