त्रिशूली नदीको किनारामा भेटियो पुरुषको शव
बिहीबार, २६ असार २०८२, १४ : ३२
सारांश
- चितवनको त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला परेको छ।
- शवको पहिचान हुन सकेको छैन, रसुवा बाढीमा बेपत्ता व्यक्तिको हुनसक्ने अनुमान गरिएको छ।
- सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले शवको मुचुल्का उठाई भरतपुर अस्पताल पठाएको छ।
चितवन । बिहीबार त्रिशूली नदीको किनारामा एक पुरुषको शव भेटिएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलास्थित त्रिशूली नदीको किनारामा अन्दाजी ४५/५० वर्षीय पुरुषको शव भेटिएको हो ।
अस्थायी सुरक्षा वेस भालढुङ्गबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सो शवको मुचुल्का उठाई भरतपुर जिल्ला अस्पतालतर्फ पठाएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
फेला परेको शवको पहिचान भने हुन नसकेको उनले बताए । केही अङ्ग समेत नभएको सो शव गत असार २४ गते रसुवा बाढीमा बेपत्ता व्यक्तिको हुनसक्ने आशङ्का गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण