सडेको अवस्थामा भेटियो पाकिस्तानी अभिनेत्रीको शव
सारांश
- पाकिस्तानी अभिनेत्री हुमैरा असगर कराँचीको अपार्टमेन्टमा मृत फेला परिन्, उनको शव सडेको अवस्थामा फेला परेको थियो।
- प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ र पोस्टमार्टम रिपोर्टको प्रतीक्षा गर्दैछ, जसले मृत्युको कारण पत्ता लगाउन मद्दत गर्नेछ।
- अभिनेत्री विगत ६-७ वर्षदेखि कराँचीमा एक्लै बस्दै आएकी थिइन् र उनको मृत्यु करिब छ महिनाअघि भएको अनुमान गरिएको छ।
कराँची । पाकिस्तानी अभिनेत्री हुमैरा असगर कराँचीस्थित एक अपार्टमेन्टमा मृत फेला परेकी छन्। अभिनेत्रीको शव ८ जुलाईमा सडेको अवस्थामा फेला परेको थियो।
उनी लामो समयदेखि त्यो अपार्टमेन्टमा एक्लै बस्दै आएकी थिइन्। अभिनेत्रीको पोस्टमार्टम रिपोर्ट अझै आएको छैन। कराँची प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।
इन्डिया टुडेको रिपोर्टमा पाकिस्तानका डिपुटी इन्स्पेक्टर जनरल सैयद असद रजालाई उद्धृत गर्दै उनलाई जुलाई ८ मा दिउँसो ३ बजेतिर घटनाको बारेमा जानकारी दिइएको बताएको छ। अभिनेत्री हुमैरा असगर विगत ६-७ वर्षदेखि कराँचीको इत्तेहाद कमर्सियल एरिया फेज ५ मा एक्लै बस्दै आएकी थिइन्।
छिमेकीहरूका अनुसार उनको अपार्टमेन्टबाट कुहिएको गन्ध आइरहेको थियो। साथै, उनी पछिल्ला लामो समयदेखि बाहिर निस्किएकी थिइनन्। अवस्था शंकास्पद लागेपछि छिमेकीहरूले प्रहरीलाई फोन गरेर घटनाको बारेमा जानकारी गराए।
प्रहरीले घटनास्थल पुगेर धेरै बेरसम्म ढोका ढकढक्यायो, तर भित्रबाट कुनै प्रतिक्रिया नआएपछि प्रहरीले ढोका फोडेर भित्र पस्यो। भित्र उनीहरूले अभिनेत्रीको सडेको शव भेट्टाए। प्रहरीले उनको मृत्यु लगभग छ महिना अघि नै भएको विश्वास गरिएको छ। अभिनेत्रीको शव कराँचीस्थित जिन्नाह पोस्ट ग्राजुएट मेडिकल सेन्टरमा पठाइएको छ।
मेडिकल सेन्टरकी डाक्टर सुमैया सैयदका अनुसार शव नराम्ररी सडेकाले मृत्युको सही कारण पत्ता लगाउन समय लाग्न सक्ने बताएकी छन्। अर्कोतर्फ, फोरेन्सिक टोलीले घरको राम्ररी जाँच गरेको छ।
यसका साथै कराँची प्रहरीले पोस्टमार्टम रिपोर्ट नआउन्जेल कुनै पनि प्रकारको हल्ला र अनुमानबाट बच्न जनता र सञ्चारमाध्यमलाई अपिल गरेको छ।
अभिनेत्री हुमैरा असगरको उमेर लगभग ३२-३५ वर्ष रहेको बताइएको छ। उनी एक था बादशाह र जलेबी जस्ता लोकप्रिय पाकिस्तानी नाटकहरूको हिस्सा रहेकी छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण