मधेसमा बजेट विवाद टुंगो लगाउन सभामुखको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन
सारांश
- मधेस सरकारको बजेट विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल गठन गरिएको छ।
- बजेटमा बिचौलिया हाबी भएको भन्दै प्रदेश सभामा प्रदर्शन भइरहेको छ।
- सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरू कार्यदलमा सदस्य छन्।
जनकपुर । मधेस सरकारको बजेट विवाद टुंगो लगाउन ६ सदस्यीय कार्यदल गठन गरिएको छ । मधेस प्रदेशसभाको आज बसेको बैठकले सभामुख रामचन्द्र मण्डलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको हो ।
आर्थिक वर्ष ०८२ र ०८३ को बजेटमा बिचौलिया हाबी भएको भन्दै प्रदेश सभामा दिनहुँ प्रदर्शन भइरहेको छ । बजेट पुनर्लेखनको माग गर्दै सदनमा विरोध हुन थालेपछि प्रदेशसभा कार्यालयले विवाद सुल्झाउन सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरू रहने गरी कार्यदल गठन गरेको हो ।
कार्यदलको सदस्यहरूमा प्रदेश सांसदहरू रामअशिष यादव, जवाहरलाल कुशवाहा, कनिश पटेल, सरोज यादव र कृष्णा यादव रहेका छन् । बिहीबार बिहान सत्तारुढ र प्रतिपक्षी दलबिच कार्यदलले सदनमा उठेका विषयबारे अध्ययन गरेर निर्क्योल निकाल्ने सहमति भएको थियो ।
मुख्यमन्त्री सतिस सिंहले सदनमा बोल्दै बिहान भएको सर्वदलीय सहमतिअनुसार कार्यदल गठन गरिएको बताए । यद्यपि जसपा नेपालका सांसद रामअशिष यादवले भने भौतिकमन्त्री सरोज यादवलाई लक्षित गर्दै सरकारको प्रतिनिधि कार्यदलमा नराख्न आग्रह गरेका थिए ।
त्यसलगत्तै मुख्यमन्त्री सिंहले बिहान भएको सहमतिअनुसार एमाले सांसद सरोज यादवलाई कार्यदलमा राखिएको प्रस्ट पारेका थिए । तर जसपा नेपालका सांसद यादवले त्यसमा समर्थन नजनाएपछि सदन १० मिनेटका लागि स्थगन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
-
यसरी खानुस् चिया सिड
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
संसद्ले लोकतान्त्रिक बाटो बिराउँदैछ : सांसद कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण