कोटेश्वरबाट ४० किलो गाँजा सहित ५ जना पक्राउ
बिहीबार, २६ असार २०८२, २१ : ५२
काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर स्थित पाल्पाकोट चोकबाट प्रहरीले ४० किलो गाँजा (पेलेन) सहित ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–४ घर भएका १९ वर्षीय निराजन चेपाङ, १९ वर्षीय प्रकाश चेपाङ, २० वर्षीय शंकर चेपाङ, सोही ठाउँ घर भएर महाराजगञ्ज बस्ने ३६ वर्षीय जीवन प्रजा र कोटेश्वर बस्ने सुमन चेपाङ छन् ।
आरोपीहरूलाई बुधवार जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयका संयुक्त टोलीले पक्राउ गरेको परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
उनीहरूको साथबाट ४० किलो गाँजा (पेलेन) र १ लाख २५ हजार नगद बरामद गरेको छ । आरोपीहरू विरुद्ध अदालतबाट ७ दिनको म्याद लिएर प्रहरी वृत्त बानेश्वरले अनुसन्धान गरिरहेको एसपी बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित
-
धोबीखोलामा हामफालेकी महिलाको शव बल्खु नजिकै फेला
-
इरानी आक्रमणपछि खसेको भग्नावशेषबाट कुवेतमा एक जना घाइते
-
पत्रकारसँग मन्त्री चौधरी : मन्त्रालय चलाउन उत्साहित, नतिजालाई लिएर चिन्तित
-
‘संविधान संशोधन’ कार्यदल अवैधानिक रहेको दाबी, पुनर्लेखनको प्रयास नगर्न सरकारलाई चेतावनी
-
अस्ट्रेलिया र भारतबिच युरेनियम निर्यात सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण