विमानस्थलबाट करिब साढे ३ किलो कोकिनसहित भारतीय नागरिक पक्राउ
शुक्रबार, २७ असार २०८२, १४ : १६
सारांश
- त्रिभुवन विमानस्थलबाट प्रहरीले कोकिनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
- अजरबैजानबाट आएका ४९ वर्षीय अब्दुस समाद जामिल मन्सुरीको साथबाट ३ किलो ४ सय ग्राम कोकिन बरामद भयो।
- पक्राउ परेका मन्सुरीविरुद्ध लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान भइरहेको छ।
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले कोकिनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । अजरबैजानबाट आएका ४९ वर्षीय भारतीय नागरिक अब्दुस समाद जामिल मन्सुरीलाई पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्युरोका एसएसपी कृष्ण कोइरालाले रातोपाटीलाई जानकारी दिए ।
मुम्बई घर भएका मन्सुरीको साथबाट ब्युरोको टोलीले ३ किलो ४ सय ग्राम कोकिन बरामद गरेको छ । असार २५ मा उनी कतार एयरवेजको उडानमार्फत काठमाडौँ आएका हुन् ।
उनीविरुद्ध लागु औषध (नियन्त्रण) ऐन २०३३ अनुसार अनुसन्धान भइरहेको एसएसपी कोइरालाले शुक्रबार जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा अधिकतम तापक्रम २९ डिग्रीसम्म, पोखरा र धनगढीमा वर्षाको सम्भावना ८० प्रतिशत
-
अनशन तोड्न सोनम वाङचुकका तीन सर्त
-
पूर्वतयारी बिना ठेक्का निकाल्न रोकदेखि मजदुरलाई सामाजिक सुरक्षासम्म, कार्यान्वयन कति सम्भव ?
-
साउनको पहिलो सोमबार: बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
-
सार्वजनिक खरिद ऐनमा भएको संशोधनले निर्माण उद्योगका धेरै गाँठो फुकाएको छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण