२१२ औँ भानुजयन्तीका अवसरमा ‘हामी गर्छौं’ नामक उपन्यासमाथि विमर्श
सारांश
- महिला साहित्य तथा अनुसन्धान प्रतिष्ठान र न्युमिलिनियम कलेजको सहकार्यमा भानुजयन्तीको अवसरमा उपन्यास 'हामी गर्छौं' विमर्श कार्यक्रम भयो।
- डा. यादेवी ढकालले उपन्यास किशोर पाठकका लागि उपयोगी रहेको र कृषि उत्पादनको विकल्प दिएको बताइन्।
- डा. शैलेन्दुप्रकाश नेपालले युवालाई कृषि कर्मबाट आत्मनिर्भर बन्न र स्वरोजगार बन्ने सम्भावनाबारे कृतिले प्रकाश पारेको बताए।
काठमाडौँ । आज महिला साहित्य तथा अनुसन्धान प्रतिष्ठानको आयोजना र न्युमिलिनियम कलेजको सह आयोजनामा २१२ औँ भानुजयन्तीको उपलक्ष्यमा बाल साहित्यकार डा. छायादत्त न्यौपानेकृत ‘हामी गर्छौं’ नामक उपन्यासको विमर्श तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।
न्युमिलिनियम क्याम्पसका प्राचार्य रुद्र पन्तको अध्यक्षता र प्राज्ञ बाबा बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा डा. यादेवी ढकालले हामी गर्छौं शीर्षकको उपन्यास हाम्रा किशोरवयका पाठकका लागि उपयोगी सामग्री भएको बताइन् । यसबाट युवाहरूलाई शिक्षक,अभिभावक र जनप्रतिनिधिहरूसित जोडिएर कृषिजन्य उत्पादन गर्न सकिने सुन्दर विकल्प दिइएको उनको भनाइ छ । उनले स्रष्टालाई भाषिक सरलता, विषयवस्तुमा आख्यानीकरण जस्ता केही सीमा सम्पादन हुन सके राम्रो हुने सुझाव पनि दिइन् ।
कृतिमाथि चर्चा गर्दै डा. शैलेन्दुप्रकाश नेपालले ‘हामी गर्छौं’ कृति ले युवालाई उत्पादनमा लाग्न आग्रह गरेको बताए । युवाले चाहेमा हाम्रो देशलाई कृषि कर्मबाट आत्मनिर्भर बनाउन सक्छन् भन्दै कृतिले बिदेसिने युवालाई स्वदेशमै रहेर स्वरोजगार बन्ने सकिने सम्भावना देखाएको उनले बताए । यस कृतिको घटना वस्तुको छरितो प्रस्तुति र संवादात्मक शैली राम्रो छ तर भाषिक जटिलता, छिटो छिटो आएका घटना विवरणले स्वाभाविक बन्न नसकेको उनको भनाइ थियो ।
प्रमुख अतिथि प्राज्ञ वस्नेतले यस्ता जीवनोपयोगी कृतिले किशोर उमेरका पाठकलाई कर्म क्षेत्रमा समर्पित हुन प्रेरित गरेको बताए । कृतिकार छायादत्त न्यौपानेले कार्यक्रमको आयोजना गर्ने संस्था महिला साहित्य तथा अनुसन्धान प्रतिष्ठान, संस्थापक अध्यक्ष सुधा मैनाली, न्युमिलिनियम कलेजका प्राचार्य रुद्र पन्त तथा क्याम्पस परिवारलाई धन्यवाद दिँदै कृति विमर्श कार्यक्रमले आफूलाई बाल साहित्यमा काम गर्ने प्रेरणा मिलेको अनुभव व्यक्त गरे ।
क्याम्पसकी निर्देशक संयोजक विष्णु अधिकारीको स्वागत मन्तव्य र सुधा मैनालीको सञ्चालन रहेको कार्यक्रममा कवि घन थापा, माया बस्नेत, रुजु केसी ,अनिता लामा, सविता ढकाल लगायत स्रष्टाहरूले आ–आफ्ना रचना वाचन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण