आर. मानन्धरका तीन कविता
आर. मानन्धर (ई. १९६६) मूलतः नेपालभाषाका लेखक हुन् । उनी नेपालभाषाका सशक्त कवि, गीतकार हुन् ।
चार दशकदेखि नेपालभाषामा साधनारत उनी पछिल्लो समयमा नेपाली साहित्यमा ‘क्षितिजको स्पर्श’ र ‘कवितामा आकाश’ पुस्तक लिएर आएका छन् । उनको कविताको मूल रुचि पूर्वीय दर्शन हो, यद्यपि बेलाबेला अधिकारको विषयमा प्रभावकारी कविता लेख्ने गरेका छन् ।
कविताबाहेक उनले जनकवि दुर्गालाल श्रेष्ठको जीवनी नेपालभाषा र नेपाली दुवैमा प्रस्तुत गरेका छन् । त्यस्तै, केही बालकथाका पुस्तक पनि प्रकाशित छन् भने अनुवादमा पनि हात हालेका उनले झण्डै सयवटा नेपालभाषाका उत्कृष्ट कविता नेपालीमा उल्ठा गरेका छन् । साथै, उनले अंग्रेजी बालकथा पनि नेपालीमा अनुवाद गरेका छन् । पेशाले प्रशिक्षक उनको ‘कन्सियस लीडरसिपः अ जर्नी विथइन’ अंग्रेजी पुस्तक प्रकाशित छ ।
- चोभारको गल्छी
नेपालभन्दा प्राचीन हो
चोभारको गल्छी
यै गल्छीले कोरेको हो
नेपालको बान्की ।
जमीन भो, समाज भो
धर्म औ संस्कृति
फुल्यो नेपाल फूल, भयौं
हामी नेपाली
नेपालभन्दा प्राचीन हो
चोभारको गल्छी ।
देश बन्यो हिमालझैं
सभ्यताको चुली
लाखे, द्यौता र मानव
मिली बस्ने बस्ती
नेपालभन्दा प्राचीन हो
चोभारको गल्छी ।
नेपाल हैन है फगत्
मान्छेको आबादी
ढुङ्गा, माटो बोल्ने हो यो
अलौकिक निधि
नेपालभन्दा प्राचीन हो
चोभारको गल्छी ।
- साँच्चैको कवि
तिम्रो सामु मेरो चुपचापको बसाइ
के यो नै उत्कृष्ट कविता होइन ?
तिम्रो नामको स्मरणै कविताको विम्ब हो
तिम्रो मीठो स्मरणमा
यत्रतत्र कविता मगमगाएको सुँघ्छु म !
यसरी डुबुँ तिमीमा
कविता लेख्नै नपरोस् !
के यो नै आफैंमा सुन्दर कविता हैन ?
- कविले नबुझेको कविता
फूल हेर्नु कल्पनामा अकासिनु हो
शव्द संयोजन बिनै जन्मिन्छ
सिर्जनशील कविता !
कविको इन्द्रियमा फूलको सर्जक
समेटिनुपर्ने नै के छ ?
मात्र उमंगित रहोस् कवि
आफ्नो सिर्जनामा
बोधगम्य नहुन पनि सक्छ
सर्वोत्कृष्ट कविता !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण