लोकतन्त्रको विकल्प छैन : सभामुख घिमिरे
सारांश
- सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्प नभएको बताएका छन्।
- उनले गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्था उत्कृष्ट भएको उल्लेख गरे।
- राजनीतिक दलहरूले जनतालाई सेवा प्रवाह गर्न व्यवस्था सुदृढ गर्नुपर्ने उनको भनाइ थियो।
भक्तपुर । सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था नभएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य सोमप्रसाद मिश्रको ‘शक्ति राष्ट्रहरूका राजनीतिक दलहरू–तुलनात्मक अध्ययन’ पुस्तक आज यहाँ विमोचन गर्दै उनले विश्वका विभिन्न राजनीतिक संरचनामध्ये गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्था सबैभन्दा उत्कृष्ट भएकाले यसको विकल्प नभएको स्पष्ट पारे ।
गणतान्त्रिक व्यवस्थाको सफल कार्यान्वयनका लागि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको भूमिका महत्त्वपूर्ण हुने चर्चा गर्दै उनले लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनु संसदीय दल र नेताहरूको कर्तव्य भएको बताए ।
जनताले महसुस गर्ने गरी सेवा प्रवाह गर्न राजनीतिक दलहरूले व्यवस्था सुदृढ गर्नुपर्ने बताउँदै उनले मानव जातिलाई प्रगतिको पथमा लैजान र वर्तमान व्यवस्थालाई बलियो बनाउनुपर्नेमा जोड दिए ।
त्यस अवसरमा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, एमाले नेता योगेश भट्टराई, वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, कांग्रेस नेता दुर्लभ थापा र जिल्ला समन्वय समितिका प्रमुख ईश्वर थापाले पुस्तकका विविध पक्षबारे समीक्षा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण