दुई वटा समितिको बैठक बस्दै, के–के छन् एजेन्डा ?
आइतबार, २९ असार २०८२, ०७ : २९
सारांश
- आइतबार दुई संसदीय समितिहरू बैठक बस्ने भएका छन्।
- प्रत्यायोजित समितिले भोटेकोशी बाढी र विपद् व्यवस्थापनबारे छलफल गर्नेछ।
- सरोकार समितिले वित्तीय संघीयता कार्यान्वयनबारे छलफल गर्नेछ।
काठमाडौँ । आइतबार दुई वटा संसदीय समितिको बैठक बस्दैछन् । संघीय संसद सचिवालयका अनुसार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायक समिति र संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।
प्रत्यायोजित समितिको बैठक सिंहदरबारमा बिहान साढे ११ बजे सुरु हुनेछ । उक्त बैठकमा असार २४ गते भोटेकोशी नदीमा आएको बाढी र विपद् व्यवस्थापन, मन्त्रालयसँग सम्बन्धित आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यमा व्यक्त सरकारी आश्वासनहरू र विविध विषयमा छलफल हुनेगरी एजेन्डा तय गरिएको छ ।
यस्तै साढे ११ बजे नै बस्ने सरोकार समितिको बैठकमा वित्तीय संघीयता कार्यान्वयनको सन्दर्भमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट भएका कामकारवाही, आयोगका सिफारिस र सोको कार्यान्वयनको अवस्था सम्बन्धमा छलफल हुनेगरी एजेन्डा तय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण