प्याज भण्डारणमा स्थानीय प्रविधि प्रयोग
सारांश
- चितवनका किसानले प्याजले बजार नपाएपछि स्थानीय प्रविधि प्रयोग गरी भण्डारण गर्न थालेका छन्।
- किसान शिवकुमार महतोले सामाजिक सञ्जालमा देखेको प्रविधिको प्रयोग गरी प्याज भण्डारण गरेका हुन्।
- कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कार्यक्रममा प्याज बिक्री नभएपछि किसानले भण्डारणको उपाय खोजेका हुन्।
चितवन । उत्पादित प्याजले बजार नपाएपछि किसानले स्थानीय प्रविधि प्रयोग गरी भण्डारण सुरु गरेका छन् ।
भरतपुर महानगरपालिका–२७ का शिवकुमार महतोले सामाजिक सञ्जालमा देखेको प्रविधिको प्रयोग गरेर आफूले उत्पादन गरेको प्याजको भण्डारण गर्न थालेको बताए । उनले स्टिलको जालीको भकारी बनाएर टेबुल पङ्खाको सहायताले प्याजको भण्डारण गरेका हुन् । उनले भने, “मैले सामाजिक सञ्जालमा खोज्दा प्याज भण्डारण गर्नका लागि घरेलु उपाय भेटाएर यसरी भण्डारण गरेको हुँ ।”
स्टिलको जाली मुनि पनि जाली बनाएर केही भाग खुला छाडेर खडाइको सहायताले प्याजलाई सुक्खा बनाएर राख्ने गरेको उनले बताए । उनले प्याजलाई विगत तीन महिनादेखि यसैगरी भण्डारण गरेर राखेका छन् । यसो गर्दा प्याजभित्रको तातो हावा बाहिर जाने र चिसो हावाले प्याजलाई बाफिन नदिने हुन्छ । जसका कारण प्याज कुहिने र टुसा पलाउने समस्या नहुने उनको बुझाइ छ ।
प्याज उत्पादन हुने समयमा थोक मूल्य प्रतिकेजी रु २० परेपछि घाटामा बिक्री नगर्ने योजनासहित आफूले भण्डारणको उपाय अपनाएर काम गरेको उनले बताए ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत व्यावसायिक प्याज प्रवर्द्धन कार्यक्रमअन्तर्गत प्याज बिक्री नभएपछि महतोले भण्डारणको विधि र प्रविधि आफैँले खोजेर भण्डारण गरेका हुन् ।
कार्यालयले चितवनको १० हेक्टर क्षेत्रफलमा व्यावसायिक प्याज प्रवर्द्धन कार्यक्रम आयोजना गरेको थियो । अधिकांशले कुहिने समस्या आएपछि सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएका थिए ।
एकाइका प्रमुख महेश रेग्मीका अनुसार कार्यक्रमअन्तर्गत १३५ टन प्याज उत्पादन भएको थियो । प्याज उत्पादन भएसँगै भण्डारणमा देखिएको समस्या यो विधिले समाधान गर्न सक्ने भएकाले आगामी वर्षको कार्यक्रममा यसलाई समावेश गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण