राजेन्द्र लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदीले निर्वाचन आयोगमा दिएको उजुरीमा के छ ? (पूर्णपाठसहित)
सारांश
- नवराज सुवेदीले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध विधान विपरीत अनुशासन समिति अध्यक्ष पदबाट हटाएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएका छन्।
- उनले ७ बुँदे उजुरी दिँदै आफूलाई हटाउने निर्णय बदर गर्न र पुरानै पदमा फर्काउन माग गरेका छन्।
- असार २५ गते लिङ्देनले सुवेदीलाई हटाएर रोशन कार्कीलाई उक्त पदमा नियुक्त गरेपछि राप्रपाभित्र विवाद बढेको छ।
काठमाडौँ । राजावादी नेता नवराज सुवेदीले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई विधान विपरीत अनुशासन समिति अध्यक्ष पदबाट हटाएको भन्दै उक्त निर्णय बदरको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका छन् । आइतबार आयोग पुगेर उनले ७ बुँदे उजुरी दिएका हुन् ।
उजुरीमा भनिएको छ, ‘म निवेदक पार्टीको अनुशासन समितिको वैधानिक अध्यक्ष रहेको, विधानले तोकेको पदावधि र कार्यकाल बाँकी नै रहेको र म स्वयंले पार्टीको विधान विपरीतको कुनै कार्य नगरी पार्टीको वरिष्ठ नेता एवं केन्द्रीय सदस्यको पदमा यथावत् नै रहेको र केन्द्रीय सदस्यको हैसियतबाटै अनुशासन समितिको अध्यक्षको जिम्मेवारी प्राप्त भई विधान अनुसारको पदीय जिम्मेवारी निर्वाह गरी आएको अवस्था हुँदा मलाई अनुशासन समितिको अध्यक्षबाट हटाउने, मेरो स्थानमा अर्को व्यक्तिलाई तोक्ने समेतका काम कारबाही निर्णय पार्टीको विधान विपरीत रहेकोले यस सम्बन्धमा पार्टीका अध्यक्षज्यूबाट तत्काल लिखित प्रतिक्रिया लिई विधान विपरीत हटाउने र पदपूर्ति गर्ने लगायतका काम कारबाही बदर गरी अनुशासन समितिको अध्यक्ष पदमा यथावत् बहाली हुने गरी उपयुक्त निर्णय एवं निर्देशन जारी गरी पाउन सादर अनुरोध गर्दछु ।’
असार २५ गते लिङ्देनले सुवेदीलाई हटाएर उपाध्यक्ष रोशन कार्कीलाई सो पदमा नियुक्त गरेका थिए । त्यससँगै राप्रपाभित्र विवाद थप चुलिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण