अख्तियारसम्बन्धी विधेयक ‘कोमा’मा पुग्योः सांसद थानी
सारांश
- कांग्रेस सांसद हृदयराम थानीले अख्तियारसम्बन्धी विधेयक कोमामा रहेको भन्दै आपत्ति जनाए।
- उनले संसदमा अख्तियार, निजामति, शिक्षा र भूमि विधेयकको चर्चा भइरहेको बताए।
- सांसद थानीले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको र अख्तियारको विधेयक ६ महिनादेखि थन्किएको बताए।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले अख्तियारसम्बन्धी विधेयक कोमामा रहेको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको आइतवारको बैठकमा बोल्दै उनले आजभोलि संसद र समितिमा रहेका अख्तियार, निजामति विधेयक, शिक्षा विधेयक र भूमि विधेयकको व्यापक चर्चा भइरहेको उल्लेख गरे । कानून निर्माण प्रक्रियालाई हलुका ढंगबाट लिने प्रवृत्तिका कारण आम जनताले प्रश्न गरिरहेको उनको भनाइ छ ।
उनले भने, ‘आजभोलि संसद र समितिमा रहेका अख्तियार, निजामति विधेयक, शिक्षा विधेयक र भूमि विधेयकको व्यापक चर्चा भइरहेको छ । म पनि के आग्रह गर्न चाहन्छु भने कानून निर्माण प्रक्रियालाई हल्का ढंगले लिँदा हाम्रा प्रवृत्तिले गर्दा आज नागरिकहरुले हामीलाई प्रश्न गरिरहेका छन् । भ्रष्टाचारको कुरा आज सदनमा व्यापक उठिरहेको छ । एउटा उपसमितिले धेरै मेहनत गरेर भ्रष्टाचार र अख्तियारको विधेयक तयार गरेको हो । तर भ्रष्टाचारको विधेयक समितिबाट छलफल हुँदाहुँदै चैत्र ३ गते राष्ट्रपतिबाट प्रमाणीकरण भयो । अख्तियारको विधेयक ६ महिनादेखि समितिमा थन्किएर बसिरहेको छ । मेरो भाषमा अख्तियारको विधेयक अहिले पनि कोमामा छ ।’
सांसद थानीले आज मुलुकमा भ्रष्टाचार कहाँ छ होइन, कहाँ छैन भन्ने परिस्थिति पुगेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण