प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
सारांश
- एमाले महासचिव शङ्कर पोखरेलले लामो सङ्घर्षपछि प्राप्त अधिकारको रक्षा गर्नु महत्त्वपूर्ण रहेको बताए।
- उनले राजनीतिक दलहरूको त्याग, सङ्घर्ष र बलिदानबाट अधिकार प्राप्त भएको उल्लेख गरे।
- पोखरेलले सामाजिक अराजकताले राज्यलाई कमजोर बनाउने र विकास रोक्ने विचार व्यक्त गरे।
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले लामो सङ्घर्षपछि प्राप्त उपलब्धि र अधिकार रक्षा गर्नु आजको नेपाली समाजको प्रमुख जिम्मेवारी भएको बताएका छन् ।
राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स)को २६औँ स्थापना दिवसका अवसरमा आज भक्तपुरमा आज आयोजित कार्यक्रममा उनले आजको अधिकार प्राप्तिका लागि नेपालका राजनीतिक दलको त्याग, सङ्घर्ष र बलिदान भएको बताए ।
महासचिव पोखरेलले २००७ को परिवर्तनपछि नेपाली जनताले केही अधिकार पाएका भए पनि पुनःराजाले त्यो अधिकार खोसेको उल्लेख गरे ।
महासचिव पोखरेलले सामाजिक अराजकताले अन्ततःराज्यलाई कमजोर बनाउने र मुलुकको विकासलाई रोक्ने भनाइ राखे । लोकतान्त्रिक राज्य मानवअधिकार विरोधी नभई मानव अधिकारको रक्षक भएको उनले बताए ।
वर्तमानको निराशामा टेकेर लोकप्रिय कुरा गरी समाजमा भ्रम फिँजाएर राजनीति गर्नेले देश र जनताको हितमा काम नगर्ने उनको धारणा छ ।
त्यस अवसरमा मानव अधिकार एलाइन्सका इञ्चार्ज विष्णु रिजालले एमालेलाई बलियो बनाउन सबै लाग्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण