फिफा क्लब विश्वकप: पहिलोमा हाफमा चेल्सीलाई ३ः० को अग्रता
सारांश
- फिफा क्लब विश्वकपको फाइनलमा चेल्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध ३-० को अग्रता लिएको छ।
- खेलको २२ औं मिनेटमा कोल पाल्मरले पहिलो गोल गरे, र २९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे।
- पहिलो हाफको ४३ औं मिनेटमा जोआओ पेड्रोले गोल गर्दै चेल्सीको अग्रता ३-० पुर्याए।
काठमाडौँ। न्यू जर्सीको मेटलाइफ स्टेडियम जारी फिफा क्लब विश्वकपको फाइनल खेलमा चेल्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध ३:० को अग्रता लिएको छ । खेलको पहिलो हाफ सकिँदा चेल्सीले ३–० गोलको अग्रता बनाएको हो ।
चेल्सीका लागि खेलको २२ औँ मिनेटमा कोल पाल्मरले पहिलो गोल गर्दै टोलीका लागि खाता खोलेका थिए । खेलको २९ औँ मिनेट आफ्नो व्यक्तिगत दोस्रो गोल गर्दै उनले टोली अग्रता २ः० पुर्याए भने पहिलो हाफको ४३ औँ मिनेटमा जोआओ पेड्रोले गोल गर्दै टोलीको अग्रता ३ः० पुर्याए ।
पिएसजीले यसअघि सेमिफाइनलमा रियल मड्रिडलाई ४–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। त्यसअघि उसले इन्टर मियामी, बायर्न म्युनिखलगायत टोलीलाई हराउँदै प्रतियोगितामा शानदार प्रदर्शन गर्दै आएको छ।
चेल्सीले पनि उत्कृष्ट प्रदर्शन जारी राख्दै सेमिफाइनलमा ब्राजिलियन क्लब फ्लुमिनेन्सेलाई २–० ले हराउँदै फाइनल यात्रा तय गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण