इजरायल-इरान
इजरायली आक्रमणमा इरानी राष्ट्रपति घाइते
सोमबार, ३० असार २०८२, ०३ : २९
सारांश
- इरानका राष्ट्रपति मासुद पेजेश्कियन इजरायलको आक्रमणमा घाइते भएका छन्।
- तेहरानस्थित गोप्य भूमिगत सुरक्षा बैठक स्थलमा इजरायली आक्रमण भएको थियो।
- आक्रमणमा सर्वोच्च नेता आयातोल्ला खामेनी पनि लक्षित रहेको बताइएको छ।
काठमाडौँ । इरानका राष्ट्रपति मासुद पेजेश्कियन इजरायलको आक्रमणमा सामान्य घाइते भएको खबर सार्वजनिक भएको छ।
इरानको सरकारी समाचार संस्था फार्सका अनुसार १६ जुनमा तेहरानस्थित गोप्य भूमिगत सुरक्षा बैठक स्थलमा इजरायली आक्रमण भएको थियो। बम विस्फोटका कारण राष्ट्रपति पेजेश्कियनको खुट्टामा चोट लागेको बताइएको छ।
उनी आपतकालीन सुरुङमार्फत बाहिर निस्किएको र अन्य नेतासमेत सुरक्षित स्थानमा पुगेको जनाइएको छ।
यसअघि इजरायलले आक्रमणमा सर्वोच्च नेता आयातोल्ला खामेनी पनि लक्षित रहेको बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण