शेख हसिनाको छोरीलाई डब्ल्यूएचओले गर्यो कारबाही
सारांश
- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदमाथि कारबाही गरेको छ।
- साइमा वाजेद डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रकी क्षेत्रीय निर्देशक हुन् र उनलाई बिदामा पठाइएको छ।
- डब्ल्यूएचओले साइमा वाजेदलाई बिदामा पठाउनुको कारण स्पष्ट पारेको छैन, तर यो बङ्गलादेशमा भ्रष्टाचारको आरोपसँग सम्बन्धित छ।
न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बङ्गलादेशमा भ्रष्टाचारको आरोप खेपिरहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदमाथि कारबाही गरेको छ । डब्ल्यूएचओले साइमा वाजेदलाई बिदामा पठाएको छ ।
साइमा सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रकी क्षेत्रीय निर्देशक हुन् । सङ्गठनको क्षेत्रीय निर्देशक साइमा वाजेद हाल बिदामा भएको डब्ल्यूएचओले भनेको छ । यस अवधिमा डा.क्याथरिना बोहेमले प्रभारी अधिकृतको रूपमा काम गर्ने भनिएको छ ।
सङ्गठनले साइमा वाजेदलाई बिदामा पठाउनुको कारण स्पष्ट पारेको छैन । यतिबेला यस विषयमा आफूसँग थप कुनै टिप्पणी नभएको सङ्गठनको भनाइ छ । डा. क्याथरिना बोहेम जुलाई १५ मा नयाँ दिल्लीस्थित डब्ल्यूएचओ एसईएआरओ कार्यालयमा पुग्ने अपेक्षा गरिएको छ ।
धोखाधडी, जालसाजी र शक्तिको दुरुपयोगको गम्भीर आरोपमा चलिरहेको अनुसन्धानबिच साइमा वाजेदलाई अनिश्चितकालीन बिदामा पठाउने विश्व स्वास्थ्य सङ्गठनको फैसलाको स्वागत गर्दछौँ भनेर डब्ल्यूएचओको कारबाहीतर्फ औँल्याउँदै बङ्गलादेशका अन्तरिम सल्लाहकारका प्रेस सचिव शफिकुल आलमले भनेका छन् । यसलाई उनले जवाफदेहिता तर्फको महत्त्वपूर्ण पहिलो कदम भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण