काठमाडौँको मुख्य ठाउँहरूमा जग्गाको सरकारी मूल्याङ्कन प्रतिआना ५० लाख (ठाउँसहित)
सारांश
- काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि जग्गाको नयाँ मूल्याङ्कन गरेको छ।
- दरबारमार्गको जग्गा सबैभन्दा महँगो, ५० लाख रुपैयाँ प्रति आना कायम गरिएको छ।
- जमल, रानीपोखरी, र हनुमानढोका लगायतका क्षेत्रका जग्गाको मूल्य पनि उच्च रहेको छ।
काठमाडौँ । काठमाडाैँ महानगरपालिकाको सरकारी मूल्याङ्कन अनुसार सबैभन्दा महँगो जग्गा दरबार मार्गको रहेको छ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ल्याएको आर्थिक ऐनअनुसार सबैभन्दा उच्च मूल्य ५० लाख रुपैयाँप्रति आना रहेको छ ।
यस्तो जग्गा दरबारमार्गको दायाँ बायाँका जग्गाहरूसहित माइतीघर, सिंहदरबार पश्चिम गेट, पुतलीसडक, कृष्ण पाउरोटी, हात्तीसार, जयनेपाल, कान्तिपथ जमल र घण्टाघरदेखि कमलादी मोडसम्मका मूल सडकसँग जोडिएका दायाँ बायाँका जग्गाहरू रहेका छन् ।
काठमाडौँ महानगरपालिका सम्पत्ति कर मूल्याङ्कन गर्न जग्गाको प्रतिआना मूल्य तोकेको हो ।
५० लाख प्रति आनाको जग्गा कहाँ कहाँ छन् ?
काठमाडौँ महानगरपालिकाले उच्च मूल्याङ्कन गरेको जग्गाको सरकारी मूल्य ५० लाख प्रति आना भएका क्षेत्रहरु जमल, रानीपोखरी, वीर अस्पताल, नेपाल वायुसेवा निगम, गोश्वारा हुलाक, त्रिपुरेश्वर सम्मको मूल सडकसँग जोडिएका दायाँबायाँका जग्गाहरू रहेका छन् ।
यस्तै केशर महल प्रवेशद्वारदेखि पश्चिम ठमेल मुलचोक हुँदै क्षेत्रपाटी चोकसम्मको मूलबाटोमा जोडिएका जग्गाहरू, हनुमानढोका, जिल्ला प्रहरी कार्यालय पूर्व सुरज आर्केड, इन्द्रचोक, असन हुँदै भोटाहिटी चोकसम्म, असन चोकदेखि जमल राष्ट्रिय नाचघरसम्म र सोदेखि पूर्व विश्व ज्योति हल हुँदै तीन धारा पाठशालासम्म मूलबाटासँग जोडिएका, महेन्द्र सालिकदेखि काठमाडौँ प्लाजासम्म मूल सडकसँग जोडिएका दायाँबायाँका जग्गाहरूको सरकारी मूल्य पनि ५० लाख प्रतिआना रहेको छ ।
रत्नपार्क, पुरानो बसपार्क, सहिदगेट हुँदै सुन्धारा चोकसम्म, सिंहदरबार पश्चिमगेट हुँदै भद्रकालीसम्मका मूलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरूको पनि सोही मूल्याङ्कन रहेको छ ।
हनुमान ढोका पूर्व नयाँ सडक, पुरानो काठमाडौँ महानगरपालिका भवनको दक्षिण चोकबाट जुद्धशमशेर सालिक हुँदै इन्द्रचोकसम्म, न्युरोड पिपलबोटदेखि दक्षिण आरबी कम्प्लेक्स चोक हुँदै पश्चिम पुरानो काठमाडौँ महानगरपालिका भवन चोकसम्म, न्यूरोड खिचापोखरी, धरहरासम्मको मूल सडकसँग जोडिएका दायाँबायाँका जग्गाहरू ५० लाख प्रति आना सरकारी मूल्याङ्कन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण