बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

भारतको थोक मुद्रास्फीति २० महिनाकै न्यून स्तरमा

सोमबार, ३० असार २०८२, १६ : ०७
सोमबार, ३० असार २०८२

सारांश

  • भारतमा थोक मुद्रास्फीति शून्य दशमलव १३ प्रतिशतले घटेको छ।
  • मुद्रास्फीति २० महिनायताकै न्यून स्तरमा झरेको छ।
  • खानेकुराको भाउमा आएको कमीले गर्दा मूल्य चाप कम हुने प्रक्षेपण छ।

नयाँ दिल्ली । भारतको थोक मुद्रास्फीति घटेको छ । जुन महिनामा त्यहाँको मुद्रास्फीति शून्य दशमलव १३ प्रतिशतले घटेको सरकारी तथ्याङ्कले देखाएको छ ।

योसँगै महँगी दर २० महिनायताकै न्यून स्तरमा झरेको छ । यसअघि २०२३ को अक्टोबरमा यो शून्य दशमलव ५६ प्रतिशतमा थियो । मे मा यो सूचक १४ महिनाकै न्यून बिन्दु शून्य दशमलव ३९ प्रतिशत थियो । 

मे महिनामा खुद्रा मूल्यमा आधारित मुद्रास्फीति ६ वर्षकै न्यून स्तर २ दशमलव ८२ प्रतिशतमा आएको थियो । अप्रिलको तुलनामा सूचक ३४ आधार बिन्दुले घटेको थियो ।

यो सन् २०१९ को फेब्रुअरीयताकै न्यून थियो । खानेकुराको भाउमा आएको कमीका कारण मूल्य चाप मध्यम रहने अप्रिलको नीतिगत बैठकमै भारतीय केन्द्रीय बैङ्क ‘रिजर्भ बैङ्क अफ इन्डिया’ ले भनेको थियो । आव २०२६ मा यो झनै घट्ने बैङ्कको प्रक्षेपण छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप