बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सफ्टवारिका कलेजमा टेक एक्स : एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै

सोमबार, ३० असार २०८२, १८ : ०८
सोमबार, ३० असार २०८२

काठमाडौँ । सफ्टवारिका कलेज अफ आइटी एन्ड ई–कमर्सले आफ्नो बहुप्रतीक्षित प्रविधि उत्सव ‘टेक एक्स : एलिभेट २०२५  को तेस्रो संस्करणको घोषणा गरेको छ। असार ३२ देखि श्रावण ३ गतेसम्म चार दिन चल्ने यो विशेष कार्यक्रम कलेजकै परिसरमा आयोजना हुनेछ।

‘टेक एक्स : एलिभेट २०२५ ले प्रविधिमा रुचि राख्ने विद्यार्थीहरूका लागि सृजनशीलता, नवप्रवर्तन र उद्यमशीलताका आयामहरूमा अभिव्यक्ति दिने एक उत्कृष्ट प्लेटफर्मको रूपमा आफूलाई स्थापित गरिसकेको छ। यस पटकको संस्करण अझ व्यापक, अझ इनोभेटिभ र अझ प्रेरणादायी बन्ने आयोजकहरूले बताएका छन्।

मुख्य विशेषताहरू :

प्रोजेक्ट प्रदर्शन : इनोभेसन इन एक्सन  

२० भन्दा बढी रोबोटिक्स र एआई आधारित प्रोजेक्टहरू सार्वजनिक रूपमा प्रदर्शन गरिनेछन् । 

जसमा विशेषगरी- 

करुणा– ज्ञानमा आधारित सहयोगी रोबोट

मिरा– शिक्षामा प्रयोग हुने स्मार्ट इन्स्ट्रक्सनल रोबोट

वारदोग – सुरक्षा निगरानीका लागि डिजाइन गरिएको रोबोट

स्टडीसेन्स– भिआर आधारित शिक्षण सहायक

तोमात्रों – कृषिमा एआई प्रयोग गर्ने नवीनतम समाधान

त्यस्तै, केम्लाब विआर ,फिसअवेर, एविलट्वीन डिटेक्टरएमल , सुरक्षित एभि स्ट्रिम ,फ्लिप आरएफआईडी च्यालेन्ज  लगायत अन्य प्रोजेक्टहरूले पनि कार्यक्रमलाई समृद्ध बनाउनेछन्।

स्टार्टअप उत्सव 

विद्यार्थी तथा पूर्व विद्यार्थीहरूद्वारा सञ्चालनमा रहेका २० स्टार्टअपहरूले आफ्नो नवप्रवर्तन, सोच र व्यावसायिक मोडेलहरू प्रस्तुत गर्नेछन्। यसबाट नेपालमा उद्यमशीलता कसरी अगाडि बढिरहेको छ भन्ने कुरा स्पष्ट देखिनेछ।

जब फेयर 

२५ भन्दा बढी प्रतिष्ठित आइटी कम्पनीहरूको सहभागितामा आयोजना हुने दुई दिने रोजगार मेलामा सहभागीहरूले हजारौँ अवसरहरूको प्रत्यक्ष पहुँच पाउनेछन्। स्नातकदेखि स्नातकोत्तरसम्मका विद्यार्थीहरूका लागि यो एक सुनौलो अवसर हुने अपेक्षा गरिएको छ।

व्यवसाय सुरु गर्ने इच्छा राख्ने विद्यार्थीहरूका लागि स्थापित फाउन्डर, लगानीकर्ता र मेन्टरहरूको साथमा व्यावसायिक तालिम र प्रत्यक्ष पिच सेसनहरू सञ्चालन हुनेछन्।

इन्सपाएर टक्स

नेपालका सफल प्रविधिकर्मी तथा उद्यमीहरूद्वारा सञ्चालित प्रेरणादायी सत्रहरू, जसले सहभागीहरूलाई फरक सोच्न र भविष्य निर्माणमा उत्प्रेरणा दिनेछन्।

आइरन क्ल्यास – फलाम को महासंग्राम

२ वर्षभन्दा लामो समयदेखि अभ्यासरत विद्यार्थी समूहहरूबिचको आइरन क्लास मा रोचक र ज्ञानमूलक प्रतिस्पर्धा देख्न पाइनेछ।

सहभागी को–को हुनेछन् ? 

–भविष्यका टेक लिडरहरू

–रोजगारी खोज्दै गरेका आइटी विद्यार्थीहरू

–नवप्रवर्तनशील सोच भएका स्टार्टअप फाउन्डरहरू

–लगानीकर्ता, मेन्टर र उद्यम सहयोगकर्ता

–मिडिया, शिक्षक तथा इन्फ्लुएन्सरहरू

टेक एक्स : एलिभेट २०२५– भविष्यप्रति प्रतिबद्धता

‘टेक एक्स : एलिभेट २०२५’ केवल एक प्रविधि महोत्सव मात्र नभई शिक्षा, इनोभेसन र परिवर्तनको गहिरो यात्राको प्रतिबिम्ब हो।

सफ्टवारिका कलेजले नेपाली शिक्षालाई प्रविधिमा आधारित यथार्थपरक र विश्वस्तरीय बनाउने अठोटसाथ विद्यार्थीहरूलाई सोच्न, सिर्जना गर्न र आफ्ना आइडियालाई प्रभावमा रूपान्तरण गर्न सक्ने वातावरण दिन सफल हुँदै आएको छ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप