कविता
त्यहाँ ईश्वर पनि मौन रहन्छ
सोमबार, ३० असार २०८२, १८ : २२
मौन बसेका बुद्धका आँखा,
मनको वनमा जल्थ्यो दीप ।
प्रश्न थिएनन्, उत्तर मौन,
श्वासमै बग्थ्यो संगीतको धुन ।
उता मीरा गाउँथिन् राग,
कृष्णमा हराउँथिन् उन्मङ्ग ।
न चाह थियो जीवनको,
न डर थियो मरणको ।
बुद्धले भने, ‘मोहलाई त्याग’,
मीरा भन्छिन्, ‘मोहमै लाग ।’
बुद्धले छाडे दरबार, धन, माया
मीराले पिइन् विषको प्याला ।
ध्यानको गहिराइ, मौनको भाषा,
प्रेमको उचाइ, रागको छाया ।
बुद्ध हराए निर्वाण पथमा,
मीरा रमाइन् श्यामको नाममा ।
बुद्धका आँखामा थियो ब्रह्माण्ड,
मीराले आँसुमा पाइन् परमानन्द ।
एकले खोजे सत्य अटल छाया
अर्काले भेटिन् अति प्रिय श्यामा ।
ध्यान र प्रेम जब एक साथ हुन्छ,
त्यहाँ ईश्वर पनि मौन रहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण