असोज ३ गतेभित्र एनटिभी वर्ल्ड सञ्चालनमा ल्याउन मन्त्री गुरुङको आग्रह
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण नेपालको ‘एनटिभी वर्ल्ड’ असोज ३ गतेभित्रै सञ्चालन गर्न निर्देशन दिएका छन् ।
सिंहदरबारस्थित नेपाल टेलिभिजनमा पुगेर उनले एनटिभी वर्ल्डको तयारी भइरहेकोमा निरीक्षण गर्दै व्यवस्थापनलाई आवश्यक निर्देशनात्मक सुझाव दिए ।
मन्त्री गुरुङले एनटिभी वर्ल्डले विश्वमा नेपाल जोड्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै यसको सञ्चालनमा छिटो जोड दिनुपर्ने बताएका हुन् ।
सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले नेपालको मौलिकता र विशेषतालाई कायम राख्ने गरी एनटिभी वर्ल्डका कार्यक्रमहरू प्रस्तुत गर्न सुझाव दिइन् । साथै उनले विश्वसामु नेपालको पहिचान स्थापित गर्ने विषयमा जोड दिन आग्रह गरिन् ।
पिएसबीका अध्यक्ष डा महेन्द्र विष्टले एनटिभी वर्ल्डको मर्म र उद्देश्यपूर्ति गर्न व्यवस्थापनमा खटिएको बताए । यसका लागि मन्त्रालयको सहकार्यले नै कार्य सम्पादनमा सघाउ पुगेको उनले जानकारी दिए । सीमित स्रोत र साधनकाबिच एनटिभी वर्ल्डलाई विश्वसामु लायक बनाउन प्रयत्नरत हुने उनको प्रतिबद्धता छ ।
कार्यक्रममा डा टङ्क उप्रेतीले एनटिभी वर्ल्ड सञ्चालनको पूर्वतयारीबारे कार्यपत्र प्रस्तुत गरेका थिए । उनको प्रस्तुतिमा एनटिभी वर्ल्ड सञ्चालनको ढाँचा, सामग्री र रचनात्मक संरचनामा केन्द्रित थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण