सिरियामा दुई समुदायबीच हिंसात्मक झडप, कम्तिमा ३० जनाको मृत्यु
सारांश
- सिरियामा सुन्नी बेदुइन र ड्रुज मिलिसियाबीचको झडपमा कम्तीमा ३० जनाको मृत्यु भएको छ।
- ड्रुज व्यापारी अपहरण र त्यसपछिको हिंसाका कारण सुवेदा प्रान्तमा झडप सुरु भयो।
- सुरक्षा बल तैनाथ गरिए पनि स्थानीय समुदायले संकट नियन्त्रण गर्न सकेको छैन, गृह मन्त्रालयले जनाएको छ।
दमास्कस । दक्षिणी सिरियामा सुन्नी बेदुइन आदिवासी लडाकुहरू र ड्रुज मिलिसिया बिचको सशस्त्र झडपमा कम्तीमा ३० जनाको मृत्यु भएको छ। गत डिसेम्बरमा विद्रोही सेनाले राष्ट्रपति बसर अल(असदलाई अपदस्थ गरेपछि देशमा भएको घातक साम्प्रदायिक हिंसाको यो पछिल्लो घटना हो।
सिरियाली गृह मन्त्रालयका अनुसार आइतबार सुवेदा प्रान्तको ड्रुज बहुल शहरमा हिंसा भड्किएको थियो। दुई दिन अघि, दमास्कस जाने राजमार्गमा एक ड्रुज व्यापारीलाई अपहरण गरिएको बताइएको छ।
आइतबार सुवेदा शहरको अल(मकवास छिमेकमा बेदुइन आदिवासी र ड्रुज मिलिशियाबीच झडप सुरु भएको थियो। बेदुइन बसोबास गर्ने यो क्षेत्रलाई घेरा हालेर पछि सशस्त्र ड्रुज लडाकुहरूले कब्जा गरेको बताइएको छ। झडप चाँडै नै सुवेदा प्रान्तका अन्य भागहरूमा फैलियो । आदिवासीहरूले शहरको पश्चिमी र उत्तरी बाहिरी इलाकामा रहेका ड्रुज शहरहरू र गाउँहरूमा आक्रमण सुरु गरेको बताएको छ।
बेलायतस्थित अनुगमन समूह सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले सुमय र मजराह शहरहरूमा गोलाबारी भएको र सशस्त्र व्यक्तिहरू बाहिरी इलाकामा प्रवेश गरेर धेरै घरहरूमा आगो लगाएपछि तैराह गाउँका बासिन्दाहरू भागेको बताएको छ।
गृह मन्त्रालयले अवस्थालाई ‘खतरनाक’ भन्दै शान्ति पुनर्स्थापना गर्न सुरक्षा बल तैनाथ गरिएको जानकारी दिएको छ। गृह मन्त्रालयले भन्यो, ‘आधिकारिक संस्थाहरूको अभावका कारण यो खतरनाक अवस्था सिर्जना भइरहेको छ र अराजकता बढ्दै गइरहेको छ। सुरक्षा अवस्था ध्वस्त हुँदै गइरहेको छ। शान्तिको लागि बारम्बार आह्वान गर्दा पनि स्थानीय समुदायले संकट नियन्त्रण गर्न सकिरहेको छैन।’
गृह मन्त्रालयले परिस्थितिको बारेमा रक्षा मन्त्रालयसँग सम्पर्कमा रहेको बताएको छ। गृह मन्त्रालयले भन्यो, ‘द्वन्द्व अन्त्य गर्न र व्यवस्था कायम राख्न दक्षिणी क्षेत्रमा प्रत्यक्ष हस्तक्षेप गर्न सकिन्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण