चितवनको माडीमा रेबिजको सङ्क्रमण बढ्दो
सारांश
- चितवनको माडी नगरपालिकामा रेबिजको संक्रमण बढेको छ, जसले पशु चौपाया र मानिसलाई असर गरेको छ।
- संक्रमित कुकुरले टोकेपछि २५ वटा पशु चौपाया प्रभावित भएका छन्, जसमा २ वटाको मृत्यु भएको छ र ३ जना घाइते भएका छन्।
- नगरपालिकाले रेबिज नियन्त्रणका लागि खोप अभियान चलाए पनि, कुकुर र स्याल नियन्त्रण गर्न चुनौती रहेको छ।
चितवन । यहाँको माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ । यही साता माडीको वडा नम्बर १, २ र ४ मा सङ्क्रमण देखिएको छ ।
नगरपालिकाका पशु विकास अधिकृत डा. रवीन बस्ताकोटीका अनुसार सङ्क्रमित कुकुरले अन्य कुकुर र पशु चौपायालाई टोकेको हो । उनले भने, ‘माडी नगरपालिका सँधै रेबिजको जोखिममा छ ।’
रेबिज लागेको कुकुरले २५ वटा पशु चौपायालाई टोकेको उनले जानकारी दिए । सङ्क्रमणका कारण दुईवटा पशु मरेका छन् । एउटा बाख्रा र एउटा पाडी रेबिजका कारण मरेको उनले बताए । त्यसैगरी तीन जनालाई टोकेर औषधोपचार गरिएको छ ।
रेबिज नियन्त्रणका लागि माडी नगरपालिकाको पशु सेवा कार्यालयले काम गरिरहेको भए पनि नियन्त्रण गर्न कठिन भएको बस्ताकोटीले बताए । उनले भने- ‘यहाँका कुकुरलाई समातेर खोप लगाउनै सकिँदैन ।’ रेबिजको सङ्क्रमण देखिएपछि अहिलेसम्म ४० वटा कुकुरलाई रेबिजको सङ्क्रमण रोक्न खोप लगाइएको छ ।
चारैतिरबाट वनले घेरिएको र बस्ती पातलो भएका कारण यहाँ रेबिजको जोखिम अत्यधिक रहेको उनले बताए । उनले थपे, ‘रेबिज नियन्त्रणका लागि कुकुर र स्याल दुवै नियन्त्रण गर्नुपर्ने मुख्य चुनौती छ ।’ हाल कार्यालयले नियमित रेबिजको खोप अभियान सञ्चालन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण