अपडेट
सर्यो सामान्य प्रशासनमन्त्रीको शपथ
बुधबार, ३२ असार २०८२, ११ : ५२
सारांश
- भगवती न्यौपानेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको शपथ ग्रहण साँझ ६ बजे हुने भएको छ।
- यसअघि, प्रधानमन्त्री कार्यालयले दिउँसो ३ बजे शपथ ग्रहण हुने जानकारी दिएको थियो, तर समय सारिएको छ।
- प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री नियुक्त गरेका हुन्।
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको शपथ ग्रहणको समय सरेको छ । राष्ट्रपति कार्यालयका अनुसार उनको शपथ आज साँझ ६ बजे हुने तय भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार आज दिउँसो ३ बजे हुने जानकारी दिएको थियो । त्यो समयमा तीन घण्टा पर सारिएको हो ।
न्यौपानेलाई मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सामान्य प्रशासनमन्त्री नियुक्त गरेका थिए । यसअघिका मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएपछि न्यौपानेलाई मन्त्री नियुक्त गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण