एपस्टाइन मुद्दामा आफ्नै समर्थकमाथि भड्किए ट्रम्प
सारांश
- ट्रम्प प्रशासनमाथि जेफ्री एपस्टाइन मामिलाका फाइलहरू सार्वजनिक गर्न दबाब बढिरहेको छ।
- ट्रम्पले एपस्टाइनसँग सम्बन्धित कागजात सार्वजनिक गर्न माग गर्ने आफ्ना पूर्व समर्थकहरूलाई कमजोर भनेका छन्।
- एपस्टाइन यौन दुर्व्यवहार र आत्महत्याको मामिलामा जोडिएका थिए, जसले ट्रम्प प्रशासनलाई विवादमा पारेको छ।
वासिङ्टन डीसी । जेफ्री एपस्टाइन मामिलाका फाइलहरू खुलासा गर्ने दबाब ट्रम्प प्रशासनमाथि बढ्दै गइरहेको छ । यही दबाबका बिच ट्रम्पले आफ्नै समर्थकहरूलाई हप्काएका छन् ।
डेमोक्रेटिक पार्टीको बकवास सुनेर एपस्टाइनसँग सम्बन्धित कागजातहरू सार्वजनिक गर्न माग गर्ने आफ्ना पूर्व समर्थकहरू कमजोर भएको र आफूलाई यस्ता समर्थकहरूको समर्थन नचाहिने डाेनाल्ड ट्रम्पले भनेका छन् । एपस्टाइन मुद्दाबारे ट्रम्पको यस बयानबाट रिपब्लिकन पार्टीमा दरारहरू देखा परिरहेको सङ्केत मिल्छ ।
आफ्ना राजनीतिक विपक्षीहरूले यस मुद्दालाई उनीमाथि आक्रमण गर्न प्रयोग गरिरहेको बुधबार सञ्चार मााध्यमसँग कुरा गर्दै ट्रम्पले भनेका थिए । डेमोक्रेटिक पार्टीको नयाँ काण्डलाई हामी सधैँ जेफ्री एपस्टाइनको ठगी भन्नेछौं र मेरा पुराना समर्थकहरू पनि यो बकवासमा पूर्ण रूपमा फसेका छन् ।
उनीहरूले आफ्नो पाठ सिकेका छैनन् र सायद कहिल्यै सिक्ने छैनन् । यद्यपि पागल वामपन्थीहरूले आठ वर्षदेखि उनीहरूलाई ठगेका छन् ।’ सञ्चार माध्यमसँगको कुराकानीपछि ट्रम्पले सामाजिक सञ्जालमा एक पोष्टमा लेखेका थिए ।
एपस्टाइन अमेरिकाका एक कुख्यात यौन तस्कर र अर्बपति फाइनान्सर थिए । यिनीमाथि नाबालिग केटीहरूलाई यौन दुव्र्यवहार गरेको आरोप छ । एपस्टाइनले सन् २०१९ मा जेलमै आत्महत्या गरेका थिए । यद्यपि, उनको मृत्युपछि पनि उनीसँग सम्बन्धित धेरै कथाहरू चलिरहेका छन् ।
हालै, ट्रम्प प्रशासनले न्याय मन्त्रालय र एफबीआईलाई एपस्टाइनसँग सम्बन्धित कागजातहरू सार्वजनिक गर्नबाट रोकेको छ । यसपछि हंगामा सुरु भएको छ । धेरै जसो मानिसहरूले एपस्टाइनसँग सम्बन्धित कागजातहरूमा राष्ट्रपति ट्रम्पको नाम पनि रहेको आरोप लगाएका छन् ।
कुनै समय ट्रम्पका समर्थक र अहिले आलोचक रहेका खर्बपति व्यापारी एलन मस्कले पनि यस्तै आरोप लगाएका छन् । कयौँ रिपब्लिकन सांसदहरूले पनि न्याय मन्त्रालयलाई कागजातहरू सार्वजनिक गर्न दबाब दिइरहेका छन् । यही कारणले गर्दा एपस्टाइनसँग सम्बन्धित कागजातहरू सार्वजनिक गर्न माग चर्किरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण