इलामबाट फिल्म ‘मैझारो’ को छायाङ्कन सुरु
बिहीबार, ०१ साउन २०८२, ११ : ५०
सारांश
- फिल्म 'मैझारो' को छायाङ्कन इलाममा सुरु भएको छ।
- अभिनेता विल्सनविक्रम राई 'तक्मेबुढा' ले निर्देशनमा डेब्यु गर्दै छन्।
- फिल्ममा धेरै कलाकारको अभिनय रहनेछ, जसमा धिरज मगर, मिरुना मगर लगायत छन्।
काठमाडौँ । फिल्म ‘मैझारो’ को छायाङ्कन सुरु भएको छ । नेपालको पूर्वी पहाडी जिल्ला इलाममा शुभमुर्हूत गर्दै फिल्मले आज (बिहीबार) बाट छायाङ्कन सुरु गरेको हो । फिल्मका निर्देशक अभिनेता विल्सनविक्रम राई ‘तक्मेबुढा’ हुन् । उनले यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्दैछन् ।
फिल्मको छायाङ्कन इलाम र पाँचथर जिल्लाका विभिन्न स्थानहरूमा हुने छ । पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थलाई आधार बनाइएको फिल्मको कथा, पटकथा समेत निर्देशक राई स्वयंको छ ।
फिल्ममा धिरज मगर, मिरुना मगर, दिया पुन, सुनिल थापा, कविता आले, पुष्कर गुरुङ, अभयराज बराल, उदय सुब्बा, बुद्धि तामाङ, रजनी गुरुङ, विशाल लिम्बू र सुभाषसिंह ठकुरी लगायत कलाकारको अभिनय छ ।
अनमोल गुरुङको सङ्गीत, सौरभ लामाको छायाङ्कन रहने फिल्म ‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण