पत्रकार सम्मेलन
भूमि मन्त्री अधिकारीलाई प्रश्न : सुजन लामासँग तपाईंको भेट कहिले भयो ?
बिहीबार, ०१ साउन २०८२, १६ : १२
सारांश
- भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले अडियो प्रकरणमा मुछिएका सुजन लामासँग चिनजान रहेको स्वीकारे।
- मन्त्री अधिकारीले पोखराका मालपोत अधिकृतलाई थमौतीका लागि लामाले भेटेको बताए।
- उनले रामचन्द्र अधिकारीको सरुवा रोक्न पहल गरेको कुरा पनि खुलाए।
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अडियो प्रकरणमा डिल गरेको भनिएका पोखराका सुजन लामासँग चिनजान रहेको बताएका छन् । उनले पोखराको मालपोत अधिकृतलाई थमौती गराउन भन्दै आउँदा आफ्नो भेटघाट भएको बताएका हुन् । त्योभन्दा अघि उनीसँग कहिले भेट नभएको उनको दाबी छ ।
‘सुजन लामा रामचन्द्र अधिकारी (कास्कीका तत्कालीन मालपोत प्रमुख) को सरुवापछि केही समय थमाइदिनुपर्यो भन्दै आउनुभएको थियो । मैले हुँदैन भनेपछि जानुभएको थियो । अहिले आएर के लाग्छ भने रामचन्द्रले उहाँको काम गर्छु भनेको हुनपर्यो । त्यो बेला नै पहिलो पटक भेट भएको हो, त्योअघि भेट, चिनजान र कुराकानी कहिल्यै भएको थिएन’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण