सुटकेसमा लुकाएर ट्रामाडोल तस्करी गरेको आरोपमा युवती पक्राउ
बिहीबार, ०१ साउन २०८२, १६ : ३५
सारांश
- प्रहरीले काठमाडौँको बालाजुबाट ३५ हजार ५९० क्याप्सुल ट्रामाडोल बरामद गरेको छ।
- लागुऔषध कारोबारमा संलग्न ३२ वर्षीया निकु राईलाई प्रहरीले पक्राउ गरेको छ।
- प्रहरी अनुसन्धान अनुसार, राईले भारतबाट बसमार्फत ट्रामाडोल ल्याएकी थिइन्, र उनको साथबाट गाँजा पनि बरामद भयो।
काठमाडौँ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौँको बालाजुबाट ३५ हजार ५९० क्याप्सुल ट्रामाडोल बरामद गरेको छ । भारतबाट तस्करी गरेर ल्याएर लुकाएको अवस्थामा ब्युरोको टोलीले ट्रामाडोल बरामद गरेको हो ।
ट्रामाडोल कारोबारमा संलग्न मोरङको बेलबारी घर भएर बालाजुस्थित गंगाहल नजिक बस्ने ३२ वर्षीया निकु राईलाई पक्राउ गरिएको ब्युरोका एसएसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।
अर्का एक जना कारोबारीसँग मिलेर राईले सो ट्रामाडोल भारतबाट ल्याएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । सुटकेसमा प्याक गरेर भारतबाट नेपालतर्फ आउने बसमार्फत सो ट्रामाडोल ल्याएको अनुसन्धानबाट थाहा भएको छ ।
राईको साथबाट प्रहरीले साढे १२ केजी गाँजा पनि बरामद गरेको छ । कारोबारमा संलग्न अर्का एक जना फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण