हेटौँडामा आठौँ कोरा साइकल र्याली हुने
मकवानपुर । हेटौँडामा आठौँ संस्करणको कोरा साइकल र्याली हुने भएको छ । सन् २०१८ देखि निरन्तर रूपमा साइकल महोत्सव गर्दै आएको हेटौँडा राइडर्स क्लबले र्याली यही शनिबार हुने जनाएको छ ।
तयारी पूरा भएको जानकारी दिएको छ । ‘दिस इज नट अ रेस, एभ्रीवन इज अ विनर’ भन्ने नाराका साथ आयोजना हुने र्यालीको सम्पूर्ण तयारी पुरा भएको राइडर्स क्बलका अध्यक्ष विकास ताम्राकारले जानकारी दिए ।
उनका अनुसार र्याली स्वच्छ वातावरण र हरियाली प्रवर्द्धनका साथै हेटौँडालाई साइकलमैत्री शहर बनाउन योगदान पुर्याउने विश्वास गरिएको छ ।
अध्यक्ष ताम्राकारले र्यालीमा १२ वर्षभन्दा माथिका जो–कोही साइकलप्रेमी सहभागी हुन सक्ने जानकारी दिए । यस पटकको र्यालीमा चितवन, बारा, पर्सा, काठमाडौँ लगायत विभिन्न जिल्लाबाट करिब ३ सयभन्दा बढी राइडरको सहभागिता रहने अपेक्षा गरिएको उनको भनाई छ । हालसम्म २५० जनाले नाम दर्ता गराइसकेको पनि अध्यक्ष ताम्राकारले बताए ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित भुवनेश्वर पशुपतिनाथ मन्दिर परिसरबाट बिहान ७ बजे सुरु हुने र्याली विभिन्न धार्मिक र पर्यटकीय स्थलको परिक्रमा गर्दै बुद्धचोकमा समापन हुनेछ ।
र्यालीमा सहभागी हुन इच्छुकले तीन सय रुपैयाँ शुल्क तिरेर नाम दर्ता गर्न सक्ने बताइएको छ । र्यालीमा सहभागीहरूलाई निःशुल्क जर्सी उपलब्ध गराइने आयोजकले जनाएको छ ।
हाल हेटौँडा राइडर्स क्लबमा ५ सय सदस्य आबद्ध छन् भने मकवानपुर जिल्लामा करिब ६ हजार साइकल राइडर रहेको क्लबको दाबी छ । क्लबले हेटौँडालाई साइकलमैत्री शहरको रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा दुई ट्यांकरलाई निशाना बनाएको इरानको दाबी
-
अमेरिकाको मेनमा आईसीई एजेन्टको गोली लागेर कोलम्बियाली नागरिकको मृत्यु
-
किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ
-
तस्बिरमा हेर्नुहोस् वर्षाका कारण नागढुंगा चेकपोस्टमा होल्ड गरिएको सवारी साधन
-
वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कञ्चनपुरमा महाकाली नदीमा डुबेर एक युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण