बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

एक आर्थिक वर्षमा ३११ चार्जिङ स्टेसन थप

शुक्रबार, ०२ साउन २०८२, ११ : २८
शुक्रबार, ०२ साउन २०८२

सारांश

  • नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मा ३११ चार्जिङ स्टेसन थप गरेको छ।
  • अघिल्लो आर्थिक वर्षसम्म देशभर १ हजार २ सय चार्जिङ स्टेसन थिए, तर अहिले १ हजार ५११ पुगेका छन्।
  • विद्युतीय सवारीको प्रयोग बढेसँगै जथाभाबी चार्जिङ स्टेसन बनाउन कडाइ गरिने भएको छ।

काठमाडौँ ।  नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष २०८१/८२ मा ३११ चार्जिङ स्टेसन थप गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको एक वर्षको उपलब्धिमा ३११ चार्जिङ स्टेसन थप भएको उल्लेख गरिएको छ ।

मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्षसम्म देशभर प्राधिकरणले जडान गरेको करिब १ हजार २ सय चार्जिङ स्टेसन थिए । तर वर्तमान सरकार बनेर ऊर्जा मन्त्री दीपक खड्का आएसँगै पछिल्लो एक आर्थिक वर्षमा ३११ चार्जिङ स्टेसन थप गरी देशभर १ हजार ५११ चार्जिङ स्टेसन जडान भएका छन् ।

पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि भएसँगै मुख्य सडक मार्ग तथा सहरी क्षेत्रमा चार्जिङ स्टेसन निर्माण तीव्र रूपमा बढेको छ । 

यसरी तीव्र रूपमा चार्जिङ स्टेसन निर्माण गर्न लागेको भन्दै प्राधिकरणले कडाइ गर्ने भएको छ । प्राधिकरणका अनुसार जथाभाबी रूपमा चार्जिङ स्टेसन निर्माण गर्ने कार्य बढेको भन्दै प्राधिकरणले ट्रान्सफर्मर ११ हजार भोल्टेजको विद्युत् लाइन दिन कडाइ गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप