सामाजिक सुरक्षा कोषमा ८ लाख ८८ हजार श्रमिक सूचीकृत
शुक्रबार, ०२ साउन २०८२, ११ : ४९
सारांश
- पछिल्लो एक वर्षमा सामाजिक सुरक्षा कोषमा ८ लाख ८८ हजार श्रमिक सूचीकृत भएका छन्।
- गत आर्थिक वर्षमा औपचारिक श्रमिक ९० हजार २९५ जना सूचीकृत भएका छन्।
- सामाजिक सुरक्षा कोषमा २८ अर्ब ४४ करोड रुपैयाँ योगदान बापत सङ्कलन भएको छ।
काठमाडौँ । पछिल्लो एक वर्षमा सामाजिक सुरक्षा कोषमा ८ लाख ८८ हजार श्रमिक सूचीकृत भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा औपचारिक श्रमिक ९० हजार २९५ सूचीकृत भएका छन् ।
यस्तै वैदेशिक रोजगारीका श्रमिक ७ लाख ९७ हजार ६४६ सूचीकृत भएका हुन् । अनौपचारिक क्षेत्रका ४२५ जना, स्वरोजगार २७४ जना श्रमिक सूचीकृत भएका हुन् ।
सामाजिक सुरक्षातर्फ गत आवमा २८ अर्ब ४४ करोड रुपैयाँ योगदान बापत सङ्कलन भएको छ । सामाजिक सुरक्षाको योगदान अहिलेसम्म ८६ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण