‘पोषण वर्णमालाः थरी-थरी रङ, थरी-थरी स्वाद’ सार्वजनिक
सारांश
- साङ्ग्रिला बुक्सले बालबालिकाका लागि 'पोषण वर्णमाला' पुस्तक प्रकाशित गरेको छ, जसले वर्णमाला र खानेकुराको परिचय दिन्छ।
- पुस्तकले स्थानीय र पोसिला खानेकुराप्रति सकारात्मक धारणा विकास गर्न मद्दत गर्छ, अभिभावक र शिक्षकलाई सहयोग पुर्याउँछ।
- पुस्तकमा नेपाली वर्णमाला सँगै १६० भन्दा बढी खानेकुराहरूको जानकारी छ, जसलाई अनामिका गौतमले चित्र र आन्विका गिरीले सम्पादन गरेका हुन्।
काठमाडौँ । भर्खरै अक्षर चिन्न थालेका बालबालिकालाई वर्णमालाको सिकाइसँगै खानेकुराको परिचय गराउने उद्देश्यले साङ्ग्रिला बुक्सले नयाँ पुस्तक ‘पोषण वर्णमालाः थरी-थरी रङ, थरी-थरी स्वाद’ प्रकाशन गरेको छ।
यस पुस्तकका संयोजक कृष्ण जीसी र पूर्णचन्द्र वस्ती हुन् । उनीहरूका अनुसार, यो पुस्तकले बालबालिकामा सानैदेखि स्थानीय, परम्परागत र पोसिला खानेकुराप्रति सकारात्मक धारणा विकास गर्न मद्दत गर्नेछ। साथै, यसले असल खानपानको बानी बसाल्न अभिभावक र शिक्षकहरूलाई सहयोग पुर्याउने विश्वास पनि व्यक्त गरेका छन्।
‘पोषण वर्णमाला’ पुस्तकले नेपाली वर्णमाला सिकाउने नयाँ शैली प्रस्तुत गरेको छ। प्रत्येक अक्षरसँग नेपालका विभिन्न स्थान र जातजातिका पोसिला खानेकुराहरूको परिचय समेटिएको छ। उपलब्धता र अध्ययनका आधारमा यस पुस्तकमा १६० भन्दा बढी खानेकुराहरू समेटिएका छन्।
पुस्तकलाई आकर्षक बनाउने उद्देश्यले अनामिका गौतमले चित्रहरू तयार गरेकी छन् भने सम्पादन आन्विका गिरीले गरेकी हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण