डन ३ बाट बाहिरिए विक्रान्त मैसी
सारांश
- रणवीर सिंहको मुख्य भूमिका रहेको 'डन ३' फिल्मको छायाङ्कन विभिन्न कारणले स्थगित हुँदै आएको छ।
- अभिनेत्री कियारा आडवाणीपछि अब खलनायक विक्रान्त मेसीले पनि फिल्म छोडेका छन्, जसले निर्मातालाई नयाँ कलाकार खोज्न बाध्य पारेको छ।
- विक्रान्तको स्थानमा आदित्य रोय कपूर र विजय देवरकोन्डालाई खलनायक बनाउने सोचमा निर्माताहरू छन्, तर आधिकारिक घोषणा भएको छैन।
नयाँदिल्ली । रणवीर सिंहको शीर्ष भूमिकामा बन्न थालेको ‘डन ३’ एकपछि अर्काे समस्यामा पर्दै गइरहेको छ । केही समयदेखि विभिन्न कारणले फिल्मको छायाङ्कन स्थगित हुँदै आएको थियो ।
त्यसपछि अभिनेत्री कियारा आडवाणी फिल्मबाट बाहिरिएको खबर आयो । अब फिल्मका ‘खलनायक’ विक्रान्त मेसीले पनि प्रोजेक्ट छोडेका छन् । बलिउड हंगामाको समाचारअनुसार विक्रान्त मेसीले अचानक फिल्म छोड्ने निर्णय गरेका छन् ।
यसका कारण निर्माताहरूले नयाँ खलनायकको खोजी गर्नु परेको छ । उनीहरू विक्रान्तलाई पूर्ण रूपमा प्रतिस्थापन गर्न सक्ने नयाँ कलाकारहरू खोज्नमा व्यस्त छन् ।
डन ३ मा नयाँ जोस थप्न विक्रान्त मेसीलाई कास्ट गरिएको थियो । तर उनले अचानक फिल्म छोड्ने निर्णय गरे । ‘फिल्ममा उनको चरित्र एक ठगको थियो जसले मानिसहरूलाई शब्दको जालमा फसाउँछ ।
यसका लागि उनले आफैँमा पनि आश्चर्यजनक परिवर्तन गर्नुपर्ने थियो । फिल्ममा रणवीरसँगको एक्सन दृश्यहरू पनि समावेश गरिएको थियो । तर अब उनको निर्णयले निर्माताहरूलाई कठिन परिस्थितिमा पारेको छ’ स्रोतलाई उद्धृत गर्दै समाचारमा भनिएको छ ।
विक्रान्त फिल्मबाट बाहिरिएपछि फरहान अख्तर आदित्य रोय कपूर र विजय देवरकोन्डालाई डन ३ मा खलनायक बनाउने सोचमा रहेको खबर आएको छ ।
निर्माताहरूले यस भूमिकाका लागि दुवै कलाकारहरूसँग कुरा गरिसकेको तर अहिलेसम्म कुनै आधिकारिक घोषणा नगरिएको बताइएको छ । ‘विक्रान्त एक अद्भुत अभिनेता हुन र उनको उपस्थिति फिल्मको लागि धेरै विशेष हुनेछ । यद्यपि, हामी आशा गर्छाैं कि उनी जस्तै, अरू कुनै अभिनेता अगाडि आएर यो चुनौती स्वीकार गर्नेछन्’ स्रोतले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण