इयूसँग प्रतिबन्ध लगाउने कुनै आधार छैन : इरान
सारांश
- इरानका विदेशमन्त्रीले युरोपेली समकक्षीहरूलाई इयूले प्रतिबन्ध लगाउन कुनै आधार नरहेको बताए।
- उनले नयाँ चरणको वार्ता निष्पक्ष, सन्तुलित र पारस्परिक लाभकारी आणविक सम्झौताका लागि तयार भए मात्र सम्भव हुने बताए।
- युरोपेली कूटनीतिज्ञहरूले इरानलाई प्रतिबन्ध पुनः सक्रिय गर्ने संयन्त्र प्रयोग गर्ने दृढता व्यक्त गरे।
तेहरान । आणविक वार्तामा प्रगति नभए आगामी महिनाहरूमा संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध पुनः सक्रिय गर्ने धम्की दिएपछि इरानका विदेशमन्त्री अब्बास अराघचीले आफ्ना युरोपेली समकक्षीहरूलाई शुक्रबार इयूसँग प्रतिबन्ध लगाउने कुनै आधार नरहेको बताएका छन् ।
‘यदि इयूले भूमिका खेल्न चाहन्छ भने, उनीहरूले जिम्मेवारीपूर्वक कार्य गर्नुपर्दछ र खतरा र दबाबको जीर्ण नीतिहरूलाई अलग राख्नुपर्छ,’ अराघचीले एक्समा लेखेका छन् । ‘इयूले प्रतिबन्ध पुनः सक्रिय गर्ने चर्चा आएको तर उनीहरूसँग यसका लागि कुनै नैतिक वा कानुनी आधार छैन,’ उनले भने ।
उनले अगाडी थपे, ‘अब कुनै पनि नयाँ चरणको वार्ता अर्को पक्ष निष्पक्ष, सन्तुलित र पारस्परिक लाभकारी आणविक सम्झौताका लागि तयार हुन्छ त्यतिबेला मात्र सम्भव हुनेछ ।’ अराघचीले आफ्ना बेलायती, फ्रान्सेली र जर्मन समकक्षी तथा युरोपेली सङ्घका विदेश नीति प्रमुख काजा कल्लाससँग ‘कन्फरेन्स कल’ गरेपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।
फ्रान्सको विदेश मन्त्रालयका अनुसार युरोपेली कूटनीतिज्ञहरूले अराघचीलाई प्रतिबन्ध पुनः सक्रिय गर्ने चर्चा (स्न्यापब्याक) संयन्त्र प्रयोग गर्ने आफ्नो दृढताबारे बताएका थिए । स्न्यापब्याक इरानविरुद्ध सबै अन्तर्राष्ट्रिय प्रतिबन्धहरू पुनः लागू गर्न अनुमति दिइएको समेत बताइएको छ ।
ग्रीष्मयामको अन्त्यसम्म इरानको आणविक कार्यक्रमसम्बन्धी नयाँ सम्झौताको दिशामा ठोस प्रगति नभएमा स्न्यापब्याक इयूले स्नापब्याकका सिफारिस गर्नसक्ने फ्रान्सेली विदेश मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण